काठमाडौँ । निर्वाचनसम्बन्धी गतिविधिको अनुगमन तथा नियन्त्रणका लागि स्थापना गरिएको नेपाल प्रहरी अन्तर्गतको केन्द्रीय निर्वाचन संयन्त्रले विभिन्न अभियोगमा ३२ जनालाई नियन्त्रणमा लिएको जनाएको छ।
प्रहरी प्रधान कार्यालयमा क्रियाशील उक्त संयन्त्रले सामाजिक सञ्जालमार्फत आधारहीन सूचना प्रसारण, मतदाता भ्रमित पार्ने गतिविधि, निर्वाचन प्रक्रियामा अवरोध पुर्याउने कार्य तथा आचारसंहिता विपरीतका क्रियाकलापमा संलग्नता देखिएको आरोपमा ती व्यक्तिहरूलाई नियन्त्रणमा लिएको स्पष्ट गरेको छ।
निर्वाचनसम्बन्धी साइबर निगरानीलाई प्रभावकारी बनाउन केन्द्रीय संयन्त्रअन्तर्गत प्रदेशगत साइबर इकाइहरू परिचालन गरिएको छ। सोही संरचनामार्फत सातै प्रदेशमा निगरानी र अनुसन्धान तीव्र पारिएको जनाइएको छ।
प्रहरीका केन्द्रीय प्रवक्ता तथा डिआइजी अबि नारायण काफ्ले का अनुसार प्रदेशगत विवरणअनुसार मधेश प्रदेशबाट ४ जना, बागमती प्रदेशबाट ४ जना, गण्डकी प्रदेशबाट १ जना, लुम्बिनी प्रदेशबाट ४ जना, कर्णाली प्रदेशबाट २ जना र सुदूरपश्चिम प्रदेशबाट १ जना पक्राउ परेका छन्। काठमाडौँ उपत्यकाबाट १६ जना नियन्त्रणमा लिइएको छ भने कोशी प्रदेशबाट भने हालसम्म कसैलाई पनि पक्राउ गरिएको छैन।
नियन्त्रणमा लिइएका व्यक्तिमध्ये १७ जनालाई आवश्यक सोधपुछपछि रिहा गरिएको छ। बाँकी १५ जनामाथि भने प्रचलित कानुनी व्यवस्था बमोजिम थप अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले सीमा क्षेत्रमा हुने जस्तोसुकै अवैध क्रियाकलाप रोक्न सशस्त्र प्रहरी पूर्णरुपमा प्रतिवद्ध रहेको बताएका छन् । साउन ८ गते...
धादिङ । जिल्ला प्रहरी कार्यालय धादिङले असार महिनामा उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीलाई सम्मान तथा पुरस्कृत गरेको छ । अपराध नियन्त्रण, लागूऔषध नियन्त्रण, राजमार्ग...
काठमाडौ । काठमाडौं महानगरपालिकाको आर्थिक र नेपाल रेडक्रस सोसाइटी काठमाडौं जिल्ला शाखाको प्राविधिक सहयोगमा काठमाडौं महानगरपालिकाका ३२ वटै वडामा संचालन गरेको आधारभूत प्राथमिक उपचार...
काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले खुला सीमा, शरणार्थीको अवैध प्रवेश र कानूनी क्षेत्राधिकारको अभाव सीमावर्ती क्षेत्रको सुरक्षाका लागि मुख्य चुनौती बनेको बताएका छन्...
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend