काठमाडौँ । निर्वाचनसम्बन्धी गतिविधिको अनुगमन तथा नियन्त्रणका लागि स्थापना गरिएको नेपाल प्रहरी अन्तर्गतको केन्द्रीय निर्वाचन संयन्त्रले विभिन्न अभियोगमा ३२ जनालाई नियन्त्रणमा लिएको जनाएको छ।
प्रहरी प्रधान कार्यालयमा क्रियाशील उक्त संयन्त्रले सामाजिक सञ्जालमार्फत आधारहीन सूचना प्रसारण, मतदाता भ्रमित पार्ने गतिविधि, निर्वाचन प्रक्रियामा अवरोध पुर्याउने कार्य तथा आचारसंहिता विपरीतका क्रियाकलापमा संलग्नता देखिएको आरोपमा ती व्यक्तिहरूलाई नियन्त्रणमा लिएको स्पष्ट गरेको छ।
निर्वाचनसम्बन्धी साइबर निगरानीलाई प्रभावकारी बनाउन केन्द्रीय संयन्त्रअन्तर्गत प्रदेशगत साइबर इकाइहरू परिचालन गरिएको छ। सोही संरचनामार्फत सातै प्रदेशमा निगरानी र अनुसन्धान तीव्र पारिएको जनाइएको छ।
प्रहरीका केन्द्रीय प्रवक्ता तथा डिआइजी अबि नारायण काफ्ले का अनुसार प्रदेशगत विवरणअनुसार मधेश प्रदेशबाट ४ जना, बागमती प्रदेशबाट ४ जना, गण्डकी प्रदेशबाट १ जना, लुम्बिनी प्रदेशबाट ४ जना, कर्णाली प्रदेशबाट २ जना र सुदूरपश्चिम प्रदेशबाट १ जना पक्राउ परेका छन्। काठमाडौँ उपत्यकाबाट १६ जना नियन्त्रणमा लिइएको छ भने कोशी प्रदेशबाट भने हालसम्म कसैलाई पनि पक्राउ गरिएको छैन।
नियन्त्रणमा लिइएका व्यक्तिमध्ये १७ जनालाई आवश्यक सोधपुछपछि रिहा गरिएको छ। बाँकी १५ जनामाथि भने प्रचलित कानुनी व्यवस्था बमोजिम थप अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन खेलमा लुम्बिनी लायन्सले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय(टीयू) क्रिकेट...
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन गरेका छन्। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) क्रिकेट मैदानमा प्रधानमन्त्री शाहले प्रतियोगिताको उद्घाटन...
काठमाडौँ। उदयपुरको कटारीमा जिप दुर्घटना हुँदा १५ जना घाइते भएका छन्। कटारी नगरपालिका-४ मरुवास्थित सिद्धिचरण राजमार्गमा सोमबार दिउँसो प्र।३–०१–०२३ च ६५०६ नम्बरको बोलेरो जिप दुर्घटनामा...
काठमाडौँ। चलचित्र विकास बोर्डको अध्यक्षमा मनिष पण्डित नियुक्त भएका छन्। असोज ३० गते बसेको मन्त्रिपरिषद्को बैठकले पण्डितलाई नियुक्त गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको...
चितवन । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले जनता मन्त्रीलाई भेट्न आउने नभई मन्त्री जनतालाई भेट्न जानुपर्ने बताएकी छन्...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend