काठमाडौं । नेपालमा विद्युतीय सवारीसाधन (ईभी) सम्बन्धी प्राविधिक जनशक्ति उत्पादन गर्ने औपचारिक कार्यक्रम पहिलो पटक सञ्चालन हुने भएको छ।
काठमाडौँ विश्वविद्यालय स्कुल अफ एजुकेशन (कुसोड) र स्वीजरल्याण्डको इटिएच ज्युरिकसंगको संयुक्त पहलमा चलिरहेको शिक्षा प्रणाली कार्यान्वयन प्रयोगशाखा इम्प्लिमेन्टिङ ल्याब (आईल्याब–२०२५) कार्यक्रमअन्तर्गत बागमती प्रदेशको प्राविधिक तथा व्यावसायिक शिक्षा एवम् तालिम परिषद् (पीसीटीभीईटी) र नेपाल उद्योग परिसंघ (सीएनआई) लगायत निजी क्षेत्रसंगको सहकार्यमा सो पहल अगाडि बढेको हो ।
शंखरापुर बहुप्राविधिक शिक्षालय, शंखरापुरमा आवश्यक पूर्वाधार पुरा गरी समयसापेक्ष बजारको माग अनुरुप युवा जनशक्ति उत्पादन गर्ने उद्देश्यले यो प्रक्रिया सुरु गरिएको हो ।
स्थानीय सरकार, प्रदेश सरकार र निजी क्षेत्रको संयुक्त सहकार्यमा सुरु भएको ईभी प्रशिक्षणलाई औपचारिक रूपमा सञ्चालन गर्ने नेपालमानै पहिलो प्रयास भएको आइल्याव वागमती प्रदेश काठमाडौंका संयोजक रमेश दुलालले बताउनुभयो ।
युवाहरूको लगनशीलता, अन्य नगरपालिकाका युवामा देखिएको आकर्षण, निजी क्षेत्रका सुझाव तथा प्रदेश, स्थानीय तह, निजी क्षेत्र र प्राविधिक शिक्षालयको संयुक्त साझेदारीका कारण यो कार्यक्रमलाई औपचारिक रूप दिन प्रक्रिया अगाडि बढेको संयोजक दुलालको भनाइ छ ।
आइल्याव अन्तर्गत सुरुमा ईभी तालिमका लागि छोटो अवधिको ३ सय ९० घण्टाको तालिम गोकर्णेश्वर नगरपालिकाका २५ जना युवालाई दिइएको थियो । तालिममा सहभागी सबैले सफलतापूर्वक तालिम सम्पन्न गरेका छन् । तर सो अवधिको तालिम सैद्धान्तिक रुपमा मात्र समेटिएको र पर्याप्त प्रयोगात्मक गतिविधि नभएको भन्दै तालिममा सहभागी प्रशिक्षार्थीले गुनासो गर्दै आएका थिए । सोही गुनासोलाई आधार मान्दै थप युवाहरूको मनोभावना बुझ्न गोकर्णेश्वर र शंखरापुर नगरपालिकामा सर्भेक्षण गर्दा छोटो समयमै ठूलो संख्यामा युवाहरूले ईभी प्रशिक्षणमा रुचि व्यक्त गरेका थिए ।
गोकर्णेश्वर नगरपालिकामा मात्र १ सय बढी युवाले फाराम भरेको नगरपालिकाका शिक्षा अधिकृत एवं आईल्याव काठमाडौं समुहकी सदस्य सरिता शर्माले बताउनुभयो । औपचारिक कार्यक्रम अन्तर्गत कम्तीमा १८ महिनाको प्रि डिप्लोमा कार्यक्रमको प्रक्रिया अघि बढेको जनाइएको छ ।
औपचारिक तहको इभी पाठ्यक्रम निर्माण प्रक्रियाका लागि निजी क्षेत्रका प्रतिनिधि अन्तर्गत नेशनल भोकेशनल क्वालिफिकेसन फ्रेमवर्क अन्तर्गतको सेक्टर स्किल्स कमिटीकीका सदस्य दिपेश पौडेलले बताउनुभयो ।
नेपालमा व्यक्तिगत तथा व्यावसायिक दुवै प्रकारका ईभी सवारी साधनको आयात र बिक्री बढिरहे पनि प्राविधिक जनशक्ति उत्पादन गर्ने व्यवस्थित पहल यस अघि नभएको कमिटीका सदस्य पौडेलले बताउनुभयो । उहाँले भन्नुभयो, ईभी बजारमा दक्ष प्राविधिकको अभाव छ, जसले गर्दा यो क्षेत्रमा रोजगारीका अवसरहरू बढ्दै गए पनि युवाहरूले पर्याप्त प्रशिक्षण पाउन सकेका थिएनन् । शंखरापुर बहुप्राविधिक शिक्षालयमा सुरु गर्न लागिएको यो कार्यक्रमले यही कमी पूरा गर्ने अपेक्षा गर्न सकिन्छ ।
सीटीईभीटीको आंगिक शिक्षालय शंखरापुर बहुप्राविधिक शिक्षालयमा ल्याब स्थापनाका लागि शिक्षालयले लागत अनुमान तयार पारिसकेको छ। लागत साझेदारीका लागि पीसीटीभीईटीमार्फत काठमाडौंको गोकर्णेश्वर नगरपालिका, शंखरापुर नगरपालिका र अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) लाई पत्राचार गरिसकिएको जनाइएको छ ।
सबै पक्षबाट आसन्न निर्वाचनपछि साझेदारी बजेटसहित प्रतिबद्धता पत्र पठाउने जानकारी आएको पीसीटीभीईटीका प्रमुख कार्यकारी निर्देशक एवं आईल्याव वागमती प्रदेश, काठमाडौंकी सदस्य शान्ति लामाले बताउनुभयो । गोकर्णेश्वर नगरपालिकाका प्रमुख एवं आईल्याव वागमती प्रदेश, काठमाडौंका सदस्य दिपक कुमार रिसालले आगामी आर्थिक वर्ष २०८३–०८४ मा ईभी ल्याब स्थापनाका लागि बजेट विनियोजन गर्ने प्रतिवद्धता जनाएनुभयो ।
यसैगरी, निजी क्षेत्र अन्तर्गतको नाडाको सचिवालयले इमेलमार्फत् शंखरापुर बहुप्राविधिक शिक्षालयमा भएको औपचारिक ईभी पढाई बजारको मागअनुसार सान्दर्भिक भएको र निजी क्षेत्रको प्राथमिकतासँग मेल खाएको जनाएको छ । नाडाले ईभी व्यवसायीहरूबाट लागत साझेदारी सम्भव हुने समेत जनाएको छ ।
औपचारिक ईभीको पहललाई प्रदेश सरकारले समेत सकारात्मक रुपमा लिएको छ । बागमती प्रदेश, सामाजिक विकास मन्त्रालयका सचिव खुबीराम अधिकारीले प्राविधिक तथा व्यावसायिक शिक्षा एवम् तालिम क्षेत्र प्रदेशको प्राथमिकतामा रहेकाले ईभी क्षेत्रमा रोजगारी सिर्जना गर्न युवाहरूलाई दक्ष बनाउने र यसका लागि सीटीईभीटीसँग पाठ्यक्रम तयारी लगायत प्रक्रियामा प्राविधिक सहयोग लिने योजना रहेको बताउनुभयो । यो कार्यक्रमले नेपालमा ईभी क्षेत्रको विकासलाई गति दिनुका साथै युवा बेरोजगारी घटाउने अपेक्षा गरिएको छ । निजी क्षेत्रको सहकार्यले कार्यक्रमलाई थप प्रभावकारी बनाउने विश्वास गरिएको छ ।
हाम्रो देशमा सधैं सरकार परिवर्तन हुनेवित्तिकै देशको आर्थिक विकासमा सार्वजनिक (राज्य) कि निजी क्षेत्रको भूमिका प्रमुख हुने भन्ने अनावश्यक गलफत्ती चल्ने असाध्यै नराम्रो परम्परा...
काठमाडौं । नापी कार्यालय धनुषाले नाप जाँच भएको करिब ५ बर्षपछि धनुषाको सवैला नगरपालिका वडा नं ८ (साविक ठिला गाउँ विकास समितिका) का ३८५...
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष मधेसी आयोगको आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरिएको छ । राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित कार्यक्रममा राष्ट्रपति...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद लिमा अधिकारीले सप्तरीमा पैसाको अभावमा गर्भवती महिलामाथि भएको भनिएको दुर्व्यवहारको घटनाले आफ्ना पिता तथा पूर्वअर्थमन्त्री स्व....
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले उद्योगी तथा व्यवसायीहरूसँग छलफल गरिरहेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जारी छलफलमा उद्योगी तथा व्यवसायी विनोद चौधरी, पवन गोल्यान,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend