Nepal Face
  • आइतबार, १० साउन २०८३
  • चुनाव बहिष्कार गरेका विभिन्न दलका आठ नेता सुर्खेतबाट पक्राउ


    बिहिबार, फाल्गुन १४ २०८२
    460
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ। चुनावी विरोधी गतिविधि गरेको आरोपमा प्रहरीले सुर्खेतबाट आठ जनालाई पक्राउ गरेको छ।

    जिल्ला प्रहरी कार्यालय, सुर्खेतले प्रतिनिधि सभा निर्वाचन बहिष्कार गरेका विभिन्न दलका नेतालाई पक्राउ गरेको हो। चुनाव बहिष्कार गरेका राजनीति दलका नेताहरूले निर्वाचन विरोधि गतिविधि गर्न सक्ने भन्दै नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक (डीएसपी) मोहनजंग बुढथापाले बताए।

    पक्राउ पर्नेमा क्रान्तिकारी कम्युनिस्ट पार्टीका जिल्ला इन्चार्ज ६६ वर्षीय नारायण न्यौपाने, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका जिल्ला सचिव २० वर्षीय धीर दर्जी र क्रान्तिकारी कम्युनिस्ट पार्टीका ब्यूरो सदस्य ४१ वर्षीय कर्णबहादुर बीसी छन्। न्यौपाने सुर्खेत वीरेन्द्रनगर-१ का बासिन्दा हुन् भने दर्जी कालिकोटको नरहरिनाथ गाउँपालिका-७ का र बीसी सान्नी त्रिवेणी गाउँपालिका-६ का बासिन्दा हुन्।

     

    यसैगरी, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका जिल्ला सचिव ३८ वर्षीय श्याम कुँवर, नेकपा बहुमतका जिल्ला सचिव ४५ वर्षीय राजु भनिने राजकुमार पौडेल, नेकपा क्रान्तिकारी सुर्खेत जिल्ला समिति सचिव ५४ वर्षीय रन्तबहादुर वली, नेकपा बहुमतका वडा समिति सदस्य ६६ वर्षीय पूर्ण तिरुवा र रुकुमपश्चिम चौरजहारी नगरपालिका-८ का ३८ वर्षीय मानबहादुर मल्ल छन्।

    कुँवर कैलालीको धनगढी उपमहानगरपालिका-१२ का बासिन्दा हुन् भने पौडेल वीरेन्द्रनगर-११ का बासिन्दा हुन्। त्यस्तै, तिरुवा भेरीगंगा नगरपालिका-१२ का र मल्ल भेरीगंगा नगरपालिका-९ का बासिन्दा हुन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार