काठमाडौं। पछिल्लो समय विकसित भएका राजनीतिक घटनाक्रम र भावी रणनीति तय गर्नका लागि आज विहानै नेकपा माओवादी केन्द्रले स्थायी कमिटी वैठक बोलाएको छ ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टी भित्र, बाहिर र नयाँ सरकारबारे आवश्यक छलफल गर्न वैठक बोलाएका हुन् ।
आज बिहान ९ बजे बस्ने बैठकमा एमालेमा गएका नेतारु रामबहादुर थापा, टोपबहादुर रायमाझी लगाएतका नेताहरुलाई कारवाही गर्ने र नयाँ सत्ता समीकरणको विषयमा छलफल गर्ने तयारी रहेको स्रोतले जानकारी दिएको छ ।
माओवादी केन्द्रले आज बिहान ९ बस्ने बस्ने स्थायी कमिटी बैठकबाट एमालेमा गएका आफ्ना नेतालाई पार्टीमै फर्किन अन्तिम पटक आग्रह गर्ने, नमाने कारबाहीको निर्णय गर्ने तयारी अगाडि बढाएको छ ।
नेपाली कांग्रेस र जनता समाजवादी पार्टीबीच छलफल भएलगत्तै अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले स्थायी कमिटी बैठक बोलाएका हुन् । अहिले संसदको अंक गणितमा नयाँ सरकार गठनमा जसपा निर्णायक देखिएको छ ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend