Nepal Face
  • सोमबार, १० कार्तिक २०८३
  • पशुपतिमा प्रहरीमाथि हातपात गर्ने युवक पक्राउ


    बुधबार, फाल्गुन ६ २०८२
    490
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। शिवरात्रिमा पशुपतिमा खटिएका प्रहरीमाथि हातपात गर्ने युवक पक्राउ परेका छन्।

    जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले मकवानपुरका रिजन श्रेष्ठलाई पक्राउ गरेको हो। उनी काठमाडौँ बस्दै आएका थिए।

    शिवरात्रीमा उनले पशुपतिमा खटिएका प्रहरीलाई हातपात गरेको भिडिओ सार्वजनिक भएको थियो।

    तर प्रहरीले पहिचान गर्न नसकेपछि उनको फोटो सार्वजनिक गर्दै पहिचान गर्न सहयोग मागेको थियो। उनको पहिचान भएसँगै स्वयम्भूबाट पक्राउ गरिएको काठमाडौँ जिल्ला प्रहरी परिसरले जानकारी दिएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार