Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कक्षा १२ को परीक्षा वैशाख १४ गते बाट (तालिकासहित)


    मंगलबार, फाल्गुन ५ २०८२
    640
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। कक्षा १२ को परीक्षा आगामी वैशाख १४ गतेबाट हुने भएको छ।

    राष्ट्रिय परीक्षा बोर्डले आज सूचना जारी गर्दै ०८२ सालको १२ को परीक्षा आगामी वैशाख १४ देखि २७ गतेसम्म हुने तालिका सार्वजनिक गरेको हो।

    कुनै आकस्मिक बिदा पर्न गएमासमेत परीक्षा नियन्त्रण कार्यालयको पूर्व सूचनाविना परीक्षा स्थगित नगरिने सूचनामा उल्लेख छ।

    तोकिएको परीक्षा कार्यक्रम अनुसार परीक्षामा अनुपस्थित हुने परीक्षार्थीका लागि पुनः अर्को व्यवस्था नगरिने बोर्डले जनाएको छ।

    गत वर्ष कक्षा १२ को परीक्षा वैशाख २१ गते देखि शुरु भएको थिया। नेपाल शिक्षक महासंघले गरेको आन्दोलनका कारण गत वर्षको परीक्षा १० दिन पछि सरेको थियो।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार