काठमाडौं । नेपाल प्रहरीका पूर्वआइजीपी सर्वेन्द्र खनालले एमाले परित्याग गरेका छन् । उनले सामाजिक संजाल फेसबुकमा आफू कुनै पनि पार्टीमा नरही स्वतन्त्र रुपमा अध्ययन अनुसन्धानमा लाग्ने उल्लेख गरेका छन् । केपी ओलीलाई महान् राष्ट्रवादी र अडान भएको नेता भन्दै एमालेमा प्रवेश गरेका खनालको २ बर्षमै सो पार्टीसँग मोहभंग हुन पुगेको छ ।
एमालेमा प्रवेश गरी काठमाडौं ६ र तनहुँ १ मा प्रतिनिधिसभा चुनावमा उम्मेदवार भएका खनालले २ बर्षमै पार्टी छाड्नुको कारण भने खुलाएका छैनन् । एमालेमा बीसौं बर्ष दुःख गरेका नेता–कार्यकर्ताहरुले अवसर नपाएका बेला उनलाई पार्टीले २ ठाउँबाट चुनावमा टिकट दिए पनि पार्टी छाडेका छन् ।
दुर्गा प्रसाईलाई ल्याउनासाथ केन्द्रीय सदस्य बनाउने र खनाललाई प्रवेश गर्नासाथ संसदमै टिकट दिएका ओलीले बिचौलिया ब्यापारी मोति दुगडलाई राज्यमन्त्री नै बनाएर पुरस्कृत गरेका थिए ।
एमाले छाडेका पूर्वआईजीपी खनाल भने काठमाडौ महानगरपालिकाका मेयर बालेन्द्र साहको समूहको सम्पर्कमा रहेका थिए । बालेन साहका सल्लाहकार कुमार बेनसँग पटक पटक सम्पर्क गरेपछि उनी एमाले छाड्ने निष्कर्षमा पुगेको बताइन्छ ।
बालेन साहले आगामी स्थानीय तहको निर्वाचनअघि नै वा त्यसपछि पार्टी खोल्ने र उक्त पार्टीमा लागेर सांसद हुने दाउमा खनालले एमाले छाडेको उनीसँग निकट एक पूर्व प्रहरी अधिकारीले बताए । ती अधिकारीका अनुसार खनाल केही समयदेखि नै बालेन साहको सम्पर्कमा थिए । कुमार बेनसँग सम्पर्क गरिरहेका उनलाई उताबाट हरियो बत्ती देखाएपछि एमाले छाड्ने निष्कर्षमा पुगेका हुन् ।
बालेन साहले आगामी २०८४ को निर्वाचनमा पार्टी खोल्ने भएकाले उनको पार्टीबाट सांसद हुने महत्वाकांक्षा काठमाडांै महानगर प्रहरीका एसएसपी राजु पाण्डेलाई पनि पलाएको छ । पूर्वआईजीपी खनालमाथि ‘सांसद अपहरण’ को आरोप लाग्दैआएकाले बालेन साहको अभियानमा उनलाई सहजै स्वीकार गर्न निकै सकस रहेको बताइन्छ ।
काठमाडौं । चर्चित रेस्टुरेन्ट सेकुवा बाई किलोले भोटेकोशी बाढीबाट प्रभावित परिवारहरूको सहयोगका लागि रु. २० लाख ११ हजार १ सय ११ सहयोग गरेको छ...
काठमाडौँ । नेपाल प्रहरीले विपद्का बेला राहत सामग्री सुरक्षाकर्मीले आफैँले लिएको, वितरण नगरेको वा सामग्री सड्न दिएको भन्ने आशयका सामाजिक सञ्जालमा फैलाइएका सूचना भ्रामक...
काठमाडौं । ठमेल क्षेत्रमा गैरकानुनी रूपमा बसोबास गरी शंकास्पद गतिविधिमा सङ्लग्न रहेको अभियोगमा प्रहरीले १० जना बङ्गलादेशी नागरिकलाई पक्राउ गरेको छ । विभिन्न होटल तथा...
काठमाडौँ । प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मंगलबार बिहान ९:०० बजेसम्म प्रधानमन्त्री दैवी प्रकोप उद्धार...
काठमाडौँ। रसुवाको गोसाईंकुण्ड गाउँपालिका–५ रोङ्गा स्थित रसुवा भोटेकोशी जलविद्युत आयोजनाको टनेलमा एक जनाको शव भेटिएको छ। ड्रोन प्रयोग गरेर खोज तथा उद्धार गर्दा एक जनाको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend