Nepal Face
  • आइतबार, १० साउन २०८३
  • डीएसपीलाई मुख छाड्ने गिरीको दोहोरीमा पूर्वआईजीपी खनाल छमछमी नाचे


    बिहिबार, पुष ४ २०८१
    2.4K
    Shares
    नेपाल फेस
  • ३ मिनेट पाठ
  • काठमाडौं । ज्ञानेन्द्र शाहीको अभियान हुँदै एमालेबाट २ पटक सांसदमा उम्मेदवार भई पराजीत भएका पूर्वआईजीपी सर्वेन्द्र खनाल एक विवादास्पद ब्यवसायीको दोहोरीमा छमछमी नाचेको भिडियो सार्वजनिक भएको छ ।

    जमलमा रहेको अशोक गिरीको दरबार रोधीघरमा बुधबार राति पूर्वआईजी खनाल नाचेको लाइभ भिडियो सार्वजनिक भएको छ । उक्त रोधीघरका संचालक अशोक गिरीले नै खनाल नाचेको लाइभ भिडियो फेसबुकमा सेयर गरेका छन् । गिरी तिनै हुन्, जसले गएको माघमा दोहोरीमा आउने ग्राहकसँग अत्यधिक महंगो बिल असुली गरेको बिषयमा दरबारमार्ग प्रहरी बृत्तमा उजुरी परेपछि डीएसपी गोविन्द थापालाई मुख छाडेका थिए । ६ हजारको बिललाई ६० हजार बनाएर ठगी गरेको बिषयमा बोलाउँदा डीएसपीलाई मुख छाड्ने गिरीलाई दरबारमार्ग बृत्तले ४ दिन हिरासतमा राखेको थियो । उनले डीएसपी थापालाई सरुवा गरिदिने धम्की फोनमार्फत् दिएका थिए ।

    दरबार रोधीघरमा छमछमी नाच्दै सर्वेन्द्र खनाल

    जमलको मायालु सेन्टरमा दरबार रोधीघर संचालन गर्दैआएका गिरीले गुण्डागर्दीसमेत गर्ने गरेको उजुरी परे पनि उच्चतहका भूपू तथा बहालवाला प्रहरी अधिकृतहरुसँगको पहुँच देखाएर उनले उन्मुक्ति पाउँदैआएका छन् । दोहोरीको टेबुलमा ग्राहकसँग युवती बसाउने र ठग्ने गरेको उजुरी प्रहरीमा परे पनि पहुँचका आधारमा उनी जोगिंदैआएका छन् ।
    गिरीले प्रहरीका हाकिमहरुसँगको पहुँच देखाएर मिटरब्याजमा लगानी गर्दैआएका छन् । प्रहरीकै हाकिमहरुले समेत उनीमार्फत् मिटरब्याजमा लगानी गर्ने गरेको स्रोत बताउँछ ।

    मिटरब्याजको कारोबारमा संलग्न गिरी राजनीतिक नेताहरुको समेत संरक्षणमा रहेका छन् । उनले दोहोरीमा आउने ग्राहकसँग दस गुणा बढी असुल्ने र मिटरब्याजको धन्दाबाट आर्जित ५ करोड भन्दा बढी लगानीमा कतारमा गजल रेष्टुरेन्ट समेत खोलेका छन् । अबैध हुन्डीमार्फत् नेपालबाट कतारमा रकम लगेर उनले उक्त रेष्टुरेन्ट खोलेका छन् । अबैध रुपमा काठमाडौंका विभिन्न ठाउँमा जुवा खेल्नेहरुलाई गिरीले मिटरब्याजमा पैसा दिने गरेको बिषय त यसअघि पनि सार्वजनिक भइसकेको छ ।

    उच्च प्रहरी अधिकारीको पहुँच देखाउँदै मिटरब्याजको कारोबार गर्दैआएका गिरीले उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख (एसएसपी) सानुराम भट्टराईको नाम समेत लिने गरेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार