काठमाडौँ । मोरङमा एक युवकले मंगलबार बिहान श्रीमतीको हत्या गरेर आफूले पनि आत्महत्या गरेका छन् ।
रंगेली नगरपालिका–५ बहुवनका अन्दाजी २१ वर्षीय मुकेशकुमार मण्डलले रंगेली–५ धनपट्टीस्थित ससुराली घर पुगेर श्रीमतीको हत्या गरेको जिल्ला प्रहरी कार्यालय मोरङका सुचना अधिकारी एंव प्रहरी नायव उपरिक्षक लीलाराज लामिछानेले जानकारी दिए ।
उनका अनुसार सोमबार बेलुका धनपट्टीस्थित ससुराली घरमा पुगेका थिए । ससुराली घरमै श्रीमती अन्दाजी २१ वर्षीया अम्बिकाकुमारी मण्डलको हत्या गरेर आफूले पनि आत्महत्या गरेको प्रारम्भिक अनुसन्धानबाट पत्ता लागेको उनले बताए । ‘श्रीमानले चक्कुले प्रहार गर्दा अम्बिकाकुमारीको घटनास्थलमै मृत्यु भएको हो ।’ श्रीमतीको मृत्यु भएपछि मुकेशले पनि त्यही चक्कुले आफ्नो घाँटी रेटेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ’, लामिछानेले प्रशासनलाई भने, ‘घटना बिहान पौने तिन बजेतिरको हो । बाँकी अनुसन्धान भईरहेको छ ।’
उनक अनुसार घरेलु विवादका क्रममा कुटपिट गर्दै मुकेशले अम्बिकाकुमारीलाई चक्कुले प्रहार गरेका हुन् । ‘उनीबीचमा कस्तो विवाद भएको हो भनेर यकिन छैन,’ उनले भने।
मुकेशको पनि घटनास्थलमै मृत्यु भएको हो । दुवै जनाको शव हाल घटनास्थलमै छ । घटनास्थल पुगेको प्रहरी टोलीले मुचुल्का उठाउने लगायतका कानुनी प्रक्रिया पूरा गर्ने काम गरिरहेको प्रहरीले जनाएको छ ।
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन खेलमा लुम्बिनी लायन्सले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय(टीयू) क्रिकेट...
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन गरेका छन्। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) क्रिकेट मैदानमा प्रधानमन्त्री शाहले प्रतियोगिताको उद्घाटन...
काठमाडौँ। उदयपुरको कटारीमा जिप दुर्घटना हुँदा १५ जना घाइते भएका छन्। कटारी नगरपालिका-४ मरुवास्थित सिद्धिचरण राजमार्गमा सोमबार दिउँसो प्र।३–०१–०२३ च ६५०६ नम्बरको बोलेरो जिप दुर्घटनामा...
काठमाडौँ। चलचित्र विकास बोर्डको अध्यक्षमा मनिष पण्डित नियुक्त भएका छन्। असोज ३० गते बसेको मन्त्रिपरिषद्को बैठकले पण्डितलाई नियुक्त गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको...
चितवन । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले जनता मन्त्रीलाई भेट्न आउने नभई मन्त्री जनतालाई भेट्न जानुपर्ने बताएकी छन्...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend