काठमाडौं । अर्थ मन्त्रालय, भन्सार विभाग, त्रिभुवन विमानस्थल भन्सार कार्यालयको वैदेशिक हुलाक भन्सार शाखामा कार्यरत तीन कर्मचारीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ४ लाखभन्दा बढी घुस रकमसहित पक्राउ गरेको छ ।
अख्तियारले तीनै जना कर्मचारीलाई ४ लाख १४ हजार ७ सय ८ रुपैयाँ घुस रकमसहित आइतबार नियन्त्रणमा लिएको जनाएको छ ।
विमानस्थल हुलाकमा कार्यरत भन्सार अधिकृत इन्द्र न्यौपाने, सोही कार्यालयका कार्यालय सहयोगी गणेश प्रसाद पुडासैनी र संचार तथा सूचना प्रविधि मन्त्रालय, हुलाक सेवा बिभाग गोश्वरा हुलाक कार्यालय, पार्सल (निकासी) शाखामा कार्यरत नायब सुब्बा छविप्रसाद रिजाललाई आयोगले नियन्त्रणमा लिएको हो ।
ती कर्मचारीहरुले कुरियर कम्पनीमार्फत् विदेशमा कुरियर गरी विभिन्न सामान पठाउँदा सेवाग्राहीसँग घुस–रिसवत माग गरेको उजुरीका आधारमा अख्तियार खटिई गएको टोलीले दशी प्रमाणसहित गोश्वारा हुलाक कार्यालयबाट उनीहरुलाई नियन्त्रणमा लिएको हो ।
वैदेशिक हुलाक भन्सार शाखा डिल्लीबजारमा कार्यरत कार्यालय सहयोगी गणेशप्रसाद पुडासैनीको कार्यकक्षमा रहेको टेबुलको घर्राबाट घुसबापत लिइसकेको रु .१० हजार, स्रोत नखुलेको रकम रु. ४० हजार ३ सय ५० र उनको साथबाट स्रोत नखुलेको थप रकम ९६ हजार ७० रुपैयाँ समेत गरी जम्मा १ लाख ४६ हजार ४ सय २० रुपैयाँ बरामद गरेको छ ।
संचार तथा सूचना प्रविधि मन्त्रालय हुलाक सेवा विभाग गोश्वारा हुलाक कार्यालय पार्सल शाखा, डिल्लीबजार काठमाडौंमा कार्यरत नायव सुब्बा छविप्रसाद रिजालको साथबाट घुसबापत लिइसकेको २० हजार र स्रोत नखुलेको रु १८ हजार ८ सय ४८ रुपैयाँ गरी जम्मा ३८ हजार ८ सय ४८ रुपैयाँ र अन्य स्रोत नखुलेको रकमसमेत गरी जम्मा र्२ लाख ६८ हजार २ सय ८८ रुपैयाँ आयोगको टोलीले बरामद गरेको छ ।
त्यसैगरी बिभिन्न व्यक्तिहरुबाट २३ थान मोबाइल सेट समेत नियन्त्रणमा लिइएको अख्तियारका प्रवक्ता सुरेश न्यौपानेले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन खेलमा लुम्बिनी लायन्सले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय(टीयू) क्रिकेट...
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन गरेका छन्। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) क्रिकेट मैदानमा प्रधानमन्त्री शाहले प्रतियोगिताको उद्घाटन...
काठमाडौँ। उदयपुरको कटारीमा जिप दुर्घटना हुँदा १५ जना घाइते भएका छन्। कटारी नगरपालिका-४ मरुवास्थित सिद्धिचरण राजमार्गमा सोमबार दिउँसो प्र।३–०१–०२३ च ६५०६ नम्बरको बोलेरो जिप दुर्घटनामा...
काठमाडौँ। चलचित्र विकास बोर्डको अध्यक्षमा मनिष पण्डित नियुक्त भएका छन्। असोज ३० गते बसेको मन्त्रिपरिषद्को बैठकले पण्डितलाई नियुक्त गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको...
चितवन । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले जनता मन्त्रीलाई भेट्न आउने नभई मन्त्री जनतालाई भेट्न जानुपर्ने बताएकी छन्...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend