Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सामान बिदेश पठाउँदा घुस, ४ लाखभन्दा बढी घुससहित एयरपोर्टबाट ३ कर्मचारी पक्राउ


    सोमबार, माघ १९ २०८२
    635
    Shares
    नेपाल फेस
  • ३ मिनेट पाठ
  • काठमाडौं । अर्थ मन्त्रालय, भन्सार विभाग, त्रिभुवन विमानस्थल भन्सार कार्यालयको वैदेशिक हुलाक भन्सार शाखामा कार्यरत तीन कर्मचारीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ४ लाखभन्दा बढी घुस रकमसहित पक्राउ गरेको छ ।

    अख्तियारले तीनै जना कर्मचारीलाई ४ लाख १४ हजार ७ सय ८ रुपैयाँ घुस रकमसहित आइतबार नियन्त्रणमा लिएको जनाएको छ ।

    विमानस्थल हुलाकमा कार्यरत भन्सार अधिकृत इन्द्र न्यौपाने, सोही कार्यालयका कार्यालय सहयोगी गणेश प्रसाद पुडासैनी र संचार तथा सूचना प्रविधि मन्त्रालय, हुलाक सेवा बिभाग गोश्वरा हुलाक कार्यालय, पार्सल (निकासी) शाखामा कार्यरत नायब सुब्बा छविप्रसाद रिजाललाई आयोगले नियन्त्रणमा लिएको हो ।

    ती कर्मचारीहरुले कुरियर कम्पनीमार्फत् विदेशमा कुरियर गरी विभिन्न सामान पठाउँदा सेवाग्राहीसँग घुस–रिसवत माग गरेको उजुरीका आधारमा अख्तियार खटिई गएको टोलीले दशी प्रमाणसहित गोश्वारा हुलाक कार्यालयबाट उनीहरुलाई नियन्त्रणमा लिएको हो ।

    वैदेशिक हुलाक भन्सार शाखा डिल्लीबजारमा कार्यरत कार्यालय सहयोगी गणेशप्रसाद पुडासैनीको कार्यकक्षमा रहेको टेबुलको घर्राबाट घुसबापत लिइसकेको रु .१० हजार, स्रोत नखुलेको रकम रु. ४० हजार ३ सय ५० र उनको साथबाट स्रोत नखुलेको थप रकम ९६ हजार ७० रुपैयाँ समेत गरी जम्मा १ लाख ४६ हजार ४ सय २० रुपैयाँ बरामद गरेको छ ।

    संचार तथा सूचना प्रविधि मन्त्रालय हुलाक सेवा विभाग गोश्वारा हुलाक कार्यालय पार्सल शाखा, डिल्लीबजार काठमाडौंमा कार्यरत नायव सुब्बा छविप्रसाद रिजालको साथबाट घुसबापत लिइसकेको २० हजार र स्रोत नखुलेको रु १८ हजार ८ सय ४८ रुपैयाँ गरी जम्मा ३८ हजार ८ सय ४८ रुपैयाँ र अन्य स्रोत नखुलेको रकमसमेत गरी जम्मा र्२ लाख ६८ हजार २ सय ८८ रुपैयाँ आयोगको टोलीले बरामद गरेको छ ।

    त्यसैगरी बिभिन्न व्यक्तिहरुबाट २३ थान मोबाइल सेट समेत नियन्त्रणमा लिइएको अख्तियारका प्रवक्ता सुरेश न्यौपानेले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार