काठमाडौं । बिशेष महाधिवेशनबाट नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित भएपछि उनी नेपाली कांग्रेसलाई एकजुट बनाउने अभियानमा लागेका छन् । सभापति थापाले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै पार्टी पंक्तिलाई एकढिक्का भएर लाग्न आग्रह गरेका छन् ।
केन्द्रीय कार्यालयले जिल्ला कार्यसमिति तथा सबै जिल्ला सभापतिलाई परिपत्र गर्दै निर्वाचनसम्बन्धी कार्यक्रममा सक्रिय रूपमा सहभागी हुन निर्देशन दिएको हो ।
परिपत्रमा कांग्रेस नवीन ऊर्जा र एकतासहित रूपान्तरणको दिशामा अघि बढिरहेको उल्लेख गर्दै आसन्न निर्वाचनमा उच्च आत्मविश्वास र व्यापक तयारीका साथ अघि बढ्नुपर्ने बेला आएको बताइएको छ।
पत्रमा भनिएको छ, ‘अब उच्च आत्मविश्वास र व्यापक तयारीका साथ आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा एकढिक्का भई एकताका साथ अगाडि बढ्नु पर्ने बेला आएको छ।’
कांग्रेसले पार्टीका निवर्तमान सभापति शेरबहादुर देउवालाई समेत नामै उल्लेख गरेर सहयोगको अपेक्षा व्यक्त गरेको छ ।
पत्रमा भनिएको छ, ‘नेपाली कांग्रेसलाई अगाडि बढाउन पार्टीका निवर्तमान सभापति शेरबहादुर देउवालगायत पार्टीमा विभिन्न तह र निकायमा रहनु भएका साथीहरूबाट पार्टीको यो लोकतान्त्रिक प्रक्रियालाई सहज रूपमा लिई पूर्ण साथ रहनेछ भन्ने पार्टीले विश्वास लिएको छ।’
कांग्रेसले आफू नयाँ अध्यायमा प्रवेश गरेको उल्लेख गर्दै यसअघि विभिन्न कारणले पार्टीबाट अलग भएका, अन्य राजनीतिक समूहमा क्रियाशील रहेका, निष्क्रिय रहेका तथा आफूलाई अन्यायमा परेको महसुस गरेका सबैलाई पुनः पार्टीको मूलधारमा फर्किन आग्रह गरेको छ।
काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘एनडि टिभी वर्ल्ड समिट २०२६’ मा सम्बोधन गर्ने भएका छन् । अन्तर्राष्ट्रिय अतिथि वक्ताका रुपमा उनी समिटमा सहभागी हुन...
काठमाडौँ। सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले व्यक्तिगत तथा पार्टीका तर्फबाट देश तथा विदेशमा रहेका नेपालीलाई विजयादशमीको शुभकामना दिएका छन्। यसपटक...
काठमाडौं। प्रधानमन्त्री बालेन शाहले परिवर्तनका लागि सोचसँगै व्यवहार पनि बदल्न जरुरी रहेको बताएका छन्। विजया दशमीको अवसरमा शुभकामना दिँदै उनले आजको दिनलाई भगवान् रामले...
काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैंका अवसरमा सोमबार काठमाडौं उपत्यकाका विभिन्न शक्तिपीठको दर्शन एवं पूजाअर्चना गरी टीकाप्रसाद ग्रहण गरेका छन्। उक्त अवसरमा राष्ट्रपति पौडेलले प्रथम महिला...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend