काठमाडौँ । सम्पादक समाज नेपालले यो बर्षको गोविन्द बियोगी पत्रकारिता पुरस्कार–२०८२ रत्नराज्यलक्ष्मी क्याम्पसका पत्रकारिता तथा आमञ्चार विभागका प्रमुख डा. जगत नेपाललाई प्रदान गर्ने भएको छ ।
सम्पादक समाज नेपालको आइतबार बसेको बैठकले संस्थापक अध्यक्ष एवं वरिष्ठ पत्रकार गोविन्द वियोगीको स्मरणमा स्थापना गरेको यो पुरस्कार डा. नेपाललाई प्रदान गर्ने निर्णय गरेको हो । यो पुरस्कार प्रमाणपत्रसहित नगद रु. २५ हजार एक रहेको छ ।
यस्तै गोविन्द वियोगी विशेष पत्रकारिता पुरस्कार वातावरण संरक्षण एवं जलवायु परिवर्तनका प्रभाव न्यूनीकरणमा कलम चलाउँदै आउनु भएका गोरखापत्र दैनिकका पत्रकार चाँदनी हमाल र नेपाल भाषाका माध्ययमबाट पत्रकारिता क्षेत्रमा योगदान पुयाउँदै आउनु भएका ‘शुक्रवाः या तँसापौ साप्ताहिक’ का स्तम्भकार राजेन्द्र मानन्धरलाई प्रदान गर्ने निर्णय सम्पादक समाज नेपालले गरेको छ । यो पुरस्कार जनही रु. १५ हजार एक र प्रमाणपत्रसहित प्रदान गरिने छ ।
सम्पादक समाज नेपालको २०८२ पुस २७ गते बसेको बैठकले यस वर्षका लागि वरिष्ठ पत्रकार शरदचन्द्र वस्ती र सुदर्शन आचार्यलाई सम्पादक समाज नेपाल सम्मानबाट सम्मानित गर्ने निर्णय गरेको छ ।
बैठकले आगामी २०८२ माघ ३ गते शनिवार, संस्थाको आफ्नै भवन गोविन्द वियोगी पत्रकारिता अध्ययन केन्द्र, सुइरेचौर, शिवपुरी–७ मा पुरस्कार हस्तान्तरण एवं सम्मान कार्यक्रम गर्ने निर्णय गरेको छ ।
समाजका अध्यक्ष पुरु रिसालको अध्यक्षतामा बसेकोे बैठकले नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष होमनाथ दाहाल एवं वरिष्ट संचारकर्मी माइकल (हरिश) चन्दको निधनमा शोक प्रस्ताव पारित गरेको छ । वैठकले दुवै दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनमा हार्दिक समवेदना प्रकट गरेको छ ।
काठमाडौं । नेपाली कांग्रेसले संसदीय दलको बैठक आह्वान गरेको छ। बैठक सिंहदरबारस्थित दलको कार्यालयमा बस्नेछ। बैठक सोमबार बिहान साढे आठ बजेका लागि तय गरिएको छ।...
काठमाडौं । सर्वोच्च अदालतले गाँजाको औषधीय, वैज्ञानिक तथा औद्योगिक उपयोगका लागि तीन महिनाभित्र आवश्यक नियमावली, मापदण्ड र कार्यविधि तर्जुमा गरी कार्यान्वयन गर्न सरकारका नाममा...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति एवं प्रमुख प्रतिपक्षी दलका नेता गगन थापाले सरकारको पछिल्लो कार्यशैलीप्रति प्रश्न उठाउँदै प्रहरी प्रशासनको भूमिका, अनुसन्धानको निष्पक्षता, सत्तारूढ दलको...
काठमाडौँ । गण्डकी प्रदेश सरकारले पर्वत अस्पतालमा रात्रिकालीन ड्युटीमा खटिएका स्वास्थ्यकर्मीमाथि भएको हातपात तथा दुर्व्यवहारको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। स्वास्थ्य मन्त्रालयले घटनामा...
काठमाडौँ। विपक्षी दल कांग्रेसका सभापति गगन थापाले सरकार पछिल्लो गतिविधिमाथि प्रश्न उठाउँदै केही सानो समूहले आफैं राज्यको रुपमा प्रस्तुत हुन थालेको बताएका छन् । उनले...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend