Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • बन्द सूचीबाट नाम फिर्ता लिन ५० जनाले दिए निवेदन


    सोमबार, पुष २८ २०८२
    665
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । प्रतिनिधि सभा निर्वाचनको समानुपातिक बन्द सूचीमा परेकामध्ये ५० जनाले नाम फिर्ताका लागि निवेदन दिएका छन् ।

    नेकपा एमालेका ३ जनासहित अहिलेसम्म ५० जनाले बन्द सूचीबाट नाम फिर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका हुन् ।

    एमालेका खसआर्य तर्फ नाम समावेश भएका ठाकुर प्रसाद शर्मा, मधेशी महिलातर्फ अंशु सिंह, आदिवासी जनजातितर्फ विजयसिंह लामाले नाम फिर्ताका लागि निवेदन दिएका छन् ।

    यस्तै राप्रपाबाट ताराकुमारी माझी र जनमत पार्टीको खसआर्यबाट प्रेम प्रसाद आचार्यले नाम फिर्ताका लागि निवेदन दिएको निर्वाचन आयोगले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार