Nepal Face
  • आइतबार, १० साउन २०८३
  • देउवाले आफू निकट नेताहरूलाई बोलाए छलफलमा


    सोमबार, पुष २८ २०८२
    1.8K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आफू निकट नेताहरूलाई छलफलका लागि बोलाएका छन् ।

    सभापति देउवाले दिउँसो ३ बजेका लागि छलफलमा बोलाएको केन्द्रीय सदस्यले जानकारी दिए । यसअघि देउवाले आफूनिकट कानुनी पृष्ठभूमि भएका नेता तथा कानुन व्यवसायीसँग छलफल गरेका थिए ।

    देउवाको अस्वीकारबीच अहिले विशेष महाधिवेशन जारी छ । महाधिवेशनको बन्द सत्रमा दुई महामन्त्रीले छुट्टाछुट्टै प्रतिवेदन पेश गरेका छन् ।

    साथै, विशेष महाधिवेशनमा कार्यविधि समेत पारित भएको छ । उक्त कार्यविधि पारित भएपछि देउवाले आफू निकटस्थ नेताहरूलाई छलफलमा बोलाएका हुन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार