Nepal Face
  • आइतबार, २८ भाद्र २०८३
  • कांग्रेस विशेष महाधिवेशन: यस्तो छ बन्दसत्रको कार्यतालिका


    सोमबार, पुष २८ २०८२
    495
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन अन्तर्गत आज बन्द सत्र हुँदैछ । भृकुटीमण्डपमा आइतबारदेखि जारी विषेश महाधिवेशनअन्तर्गत पहिलो दिन उद्घाटन सत्र भएको थियो भने आज बन्द सत्रको कार्यतालिका तय गरिएको छ ।

    महाधिवेशन प्रचार प्रसार समिति संयोजक सुवास पोखरेलका अनुसार भृकुटीमण्डपस्थित हलमा बन्दसत्र शुरू हुनेछ । आज बन्द सत्रको सुरुमा विषेश महाधिवेशनको कार्यविधि बनाउने तालिका रहेको छ । त्यसपछि ९ वटा समूह निर्माण गरेर चार वटा विषयमाथि नीतिबारे छलफल हुनेछ ।

    चार विषयहरुमध्ये विधान संशोधन, नीति र नेतृत्व, शासकीय सुधार र समसामयिक विषयमाथि बृहत् छलफल हुने पोखरेलले जानकारी दिए ।

    नीति मन्थनपछि नेतृत्व परिवर्तन गर्ने या नगर्ने भन्नेबारे छलफल हुनेछ । यदि नेतृन्व परिवर्तनको पक्षमा निर्णय भएमा निर्वाचन समिति गठन गरी थप प्रक्रिया बढाइने पोखरेलले बताए ।

    नयाँ कार्यसमिति निर्विरोध हुने सम्भावना रहेकोले मतदान गर्नु नपर्ने पोखरेलको धारणा छ ।

    यसैबीच महाधिवेशन प्रतिनिधिको दर्ता कार्यक्रम आज बिहान ११ बजेसम्म जारी रहने छ । क्षेत्र तथा जिल्ला समन्वय समिति संयोजक युवराज पाण्डेयका अनुसार विभिन्न जिल्लाबाट अधिकांश प्रतिनिधिहरु आज बिहान मात्रै आइपुगेकाले उनीहरुले बिहान ८ बजेदेखि शुरू भएको दर्तामा सहभागी भएका हुन् । उक्त कार्यक्रम ११ बजेसम्म हुने व्यवस्था मिलाइएको हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार