काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा विशेष महाधिवेशनको बन्दसत्रमा सहभागी हुने सूचनामा कुनै सत्यता नरहेको उनको सचिवालयले स्पष्ट पारेको छ ।
सभापति देउवा भृकुटीमण्डपमा आज जाने सूचनाबारे केही व्यक्तिहरूले सामाजिक सञ्जालमा भ्रम फेलाएको देउवाका स्वकीय सचिव भानु देउवाले बताएका छन् ।
‘सामाजिक सञ्जालमा केही व्यक्तूरुले भ्रम फैलाउने उद्देश्यले नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाज्यू आज भृकुटीमण्डप जाने भन्ने गलत सूचना प्रवाह गरेकोमा सचिवालयको गम्भीर ध्यानकर्षण भएको छ । उक्त कार्यक्रममा पार्टी सभापति जाने कुनै पनि कार्यक्रम नरहेको स्पष्ट गर्न चाहन्छौं,’ देउवाको सचिवालयले भनेको छ ।
विशेष महाधिवेशन पक्षधरले आइतबारदेखि भृकुटीमण्डपमा विशेष महाधिवेशन आयोजना गरेको छ । जस अन्तर्गत आज बिहान १० बजेदेखि बन्द सत्र कार्यक्रम सुरु गर्ने कार्यतालिका छ । बन्द सत्रका लागि तयारी भइरहेको छ ।
विशेष महाधिवेशनलाई सम्बोधन गर्ने अधिकांश नेताहरूले सभापति देउवालाई बन्द सत्रमा सहभागी हुन आग्रह गरेका थिए । बन्द सत्रमा सहभागी भएर विशेष महाधिवेशनलाई सफल पार्न उनीहरूले आग्रह गरेका थिए ।
काठमाडौं । गृहमन्त्री सुधन गुरुङले हलचोकस्थित सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालयको भदौ २८ गते विशेष निरीक्षण तथा अवलोकन गरेका छन् । विपद् व्यवस्थापन तथा...
काठमाडौँ । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) लाई राजनीतिक हस्तक्षेपमुक्त गरी वित्तिय स्वायत्तता प्रदान गर्न ऐन...
काठमाडौँ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा अवरुद्ध सडक आंशिक रूपमा सञ्चालनमा ल्याउन तयारी भइरहेको छ । सडकको ग्रेड मिलाउने काम भइरहेकाले केहीबेरमा खाली ग्यास बुलेट...
काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले अहिलेको सरकारले पनि जनतामा आशा जगाउने काम गर्न नसकेको बताएका छन्। पार्टीको काठमाडौँ जिल्ला अधिवेशनलाई सम्बोधन...
काठमाडौं । भदौ १० गते आएको विनाशकारी बाढीबाट विस्थापित भएकाहरूलाई सरकारले सहायता रकम उपलब्ध गराउने भएको छ । गत बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले भोटेकोशी बाढी...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend