काठमाडौँ । नेपाली काँग्रेसका नेता एवं विघटित प्रतिनिधि सभा सदस्य सुनिल शर्माले विशेष महाधिवेशनको बन्द सत्रमा उद्घाटन गर्नका लागि आउन अनुरोध गरेका छन् ।
काठमाडौँको भृकुटीमण्डपमा आयोजित विशेष महाधिवेशनलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् ।उमेरका कारणले पनि अब अघि नबढ्न सभापति देउवालाई उनको आग्रह थियो ।
‘शेरबहादुर दाइ तपाईँ एउटा इतिहास बोकेको हाम्रो नेता हो । गाउँबाट आउनुभएको नेता हो । ८० कटिसक्नुभयो । मेरो पिताजीको उमेर समान हुनुहुन्छ,’ उनले भनेका छन्, ‘अब तपाईँलाई अब उमेरका कारण माथिबाट बोलाइराखेको बेलामा आफ्ना कार्यकता हिजो जसले तपाईँलाई सभापति बनायो, पटक पटक तपाईँहरूलाई सत्तामा पुर्यायो, त्यो रोइलो छाडेर भोलि बिहान हल उद्घाटन गर्ने बेलामा आउनुस् । हामी विकल्प दिन्छौँ ।’
उनले विशेष महाधिवेशनको विपक्षमा रहेका केन्द्रीय सदस्यहरूलाई पनि भृकुटीमण्डपमा उपस्थित भिडले गिज्याएको टिप्पणी गरे ।
‘हेर्नुस् यो मासुम अनुहारले के भन्छन् ? यो मासुम अनुहारले तपाईँहरूलाई गिज्याइरहेको छ कि छैन ? हामी झगडामा विश्वास गर्दैनौँ । हाम्रो क्यारेक्टर, फ्याक्टर सिद्धान्त र विचार मध्यमार्गी बाटो हो,’ उनले भनेका छन् ।
पार्टीमा ५४ प्रतिशत हस्ताक्षरलाई समेत सामान्य छलफल गराउन नसक्नु विडम्बना भएको तर्क गरे ।
‘नेपाली जनताले राम्रोसँग दुई छाक भात खान पाओस्, उपचार र शिक्षा पाओस् भनेर हाम्रा अग्रज लड्नुभयो । वर्षौंसम्म पञ्चायत र राणाहरूका विरुद्धमा लड्नुभयो,’ उनले भने, ‘हाम्रो पार्टीले न्यूनतम लोकतान्त्रिक मान्यतालाई समेत लत्याएर, ५४ प्रतिशत हस्ताक्षरलाई समेत सामान्य हलमा छलफल गराउने समेत आँट गर्न सकेन । भन्नुस् त यो बिडम्बडा हो कि होइन ?’
काठमाडौं । गृहमन्त्री सुधन गुरुङले हलचोकस्थित सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालयको भदौ २८ गते विशेष निरीक्षण तथा अवलोकन गरेका छन् । विपद् व्यवस्थापन तथा...
काठमाडौँ । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) लाई राजनीतिक हस्तक्षेपमुक्त गरी वित्तिय स्वायत्तता प्रदान गर्न ऐन...
काठमाडौँ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा अवरुद्ध सडक आंशिक रूपमा सञ्चालनमा ल्याउन तयारी भइरहेको छ । सडकको ग्रेड मिलाउने काम भइरहेकाले केहीबेरमा खाली ग्यास बुलेट...
काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले अहिलेको सरकारले पनि जनतामा आशा जगाउने काम गर्न नसकेको बताएका छन्। पार्टीको काठमाडौँ जिल्ला अधिवेशनलाई सम्बोधन...
काठमाडौं । भदौ १० गते आएको विनाशकारी बाढीबाट विस्थापित भएकाहरूलाई सरकारले सहायता रकम उपलब्ध गराउने भएको छ । गत बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले भोटेकोशी बाढी...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend