Nepal Face
  • आइतबार, १० साउन २०८३
  • १२ दिनको हाम्रो मौनतालाई कमजोर नठानियोस्: कुलमानले भने


    आइतबार, पुष २७ २०८२
    535
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं। उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले समानुपातिक गुमाएपनि आत्मसम्मान नगुमाएको बताएका छन्।

    राष्ट्रिय स्वतन्त्र पार्टीसँगको सहमति टुंगिएपछि अध्यक्ष घिसिङले आज(आइतबार)सामाजिक सञ्जालबाट एकतर्फी एकता भंग भएको घोषणा गरिएको पनि बताएका छन्।

    उनले १२ दिनको मौनतालाई कमजोर नठान्न पनि चेतावनी दिएका छन्।

    उनले भनेका छन्,‘विश्वास गरेर पार्टी बुझायौँ,विश्वास गरेर नेतृत्व बुझायौँ।,समानुपातिक उम्मेदवारमा १८ जना दिन्छु भन्दै १४ मात्रै राख्ने। केन्द्रीय सदस्य पनि बालेन समूह र उनेपालाई २१/२१ दिने भन्ने तर बालेन समूहलाई २६ दिने र उनेपालाई चाहिँ १२ जनामा चित्त बुझाउन पर्‍यो भन्ने। गर्छु भनेको भद्र सहमतिहरू केहि पालना नगर्ने र अनि एकतर्फी एकता भंग भएको घोषणा गर्ने। लाग्यो होला, पौष १४ को समानुपातिक सूची बुझाउने समय नाघी सक्यो, अब यिनीहरूको अन्य केही विकल्प छैन। जति पेले पनि भो। हामीले समानुपातिक गुमायौँ, तर आत्मसम्मान गुमाएका छैनौँ। १२ दिनको हाम्रो मौनतालाई कमजोर नठानोस्।’

    उनले देश समृद्ध बनाउने लक्ष्यप्रतिको प्रतिबद्धता अझ बलियो बनाएको पनि बताए। ‘हामीले तपाईहरूमाथिको विश्वास गुमायौँ,’उनले भने,‘तर देश समृद्ध बनाउने लक्ष्यप्रतिको प्रतिबद्धता अझ बलियो बनाएका छौँ।’

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार