काठमाडौँ। पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, जनार्दन शर्मा लगायतको अगुवाईमा खोलिएको प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) र धरानका मेयर हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीबीच चुनावी तालमेलको प्रयास भएको छ।
दुवै पार्टीले निर्वाचन आयोगमा अलग-अलग समानुपातिक सूची बुझाइ सकेका छन्। तर, अब प्रत्यक्ष चुनावका लागि एक अर्कालाई सहयोग गर्नेगरि दुई पार्टीबीच सहकार्यको प्रयास भएको हो।
आइतबार श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ र प्रलोपाका अध्यक्ष परिषद्का सदस्य दुदन किराँतीबीच यसबारे छलफल भएको हो। उनले छलफलको थालनी भएको र सकरात्मक भएको बताए।
‘सहकार्य गर्नको निम्ति छलफल भयो,’ भेटमा सहभागी एक नेताले नेपालखबरसँग भने, ‘भर्खरै छलफल सुरु भएको छ। छलफल सकरात्मक भएको छ। छलफललाई जारी राख्ने सहमति भएको छ।
साम्पाङ र किराती दुवैले आगामी फागुन २१ गते तय भएको प्रतिनिधि सभाको चुनाव सुनसरी-१ बाट लड्ने घोषणा गरेका छन्। यदि, दुई पार्टीबीच चुनावी तालमेलको सहमति भए एक जनाले त्यो क्षेत्र छोड्ने छन्।
दुवै दल पहिलो पटक चुनावमा भाग लिँदै छन्।
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व अब नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले गर्ने भएको छ । केन्द्रमा नेकपा र नेकपा (एमाले)बीच भएको सत्ता साझेदारीको सहमतिअनुसार...
काठमाडौ । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ सत्ता समीकरण बनेसँगै कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बो बन्ने निश्चित भएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend