Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • राष्ट्रपति पौडेलबाट पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण


    आइतबार, पुष २७ २०८२
    430
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले ३०४औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गरेका छन् ।

    राष्ट्रपति पौडेल कार्यक्रम स्थल पुग्दा नेपाली सेनाको एक टुकडीले उनको सम्मानमा सलामी अर्पण गरेको थियो ।

    सो समारोहमा उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश र राष्ट्रिय सभाका अध्यक्षलगायत विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो ।

    हरेक वर्ष २७ पुसमा मनाइने पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसमा राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको योगदानलाई स्मरण गर्दै विभिन्न कार्यक्रमहरू आयोजना गरिन्छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार