स्याङ्जा । स्याङ्जाका बहुमत प्रतिनिधि विशेष महाधिवेशनको पक्षमा खुलेका छन् । दुई निर्वाचन क्षेत्र रहेको स्याङ्जामा ५२ जना प्रतिनिधिमध्ये ३२ जना खुलेका हुन् ।
विशेष महाधिवेशन माग गर्दै स्याङ्जाका २९ जनाले हस्ताक्षर गरेका थिए । जसमा तीन जना थपिएको नेपाली कांग्रेस स्याङ्जाका सचिव तथा महासमिति सदस्य गुरुप्रसाद भट्टराईले जानकारी दिएका छन् । उनले भने–‘थपिने क्रम जारी छ महाधिवेशन सुरु हुँदासम्म यसमा पाँच–सात जना थपिनेछन् ।’ स्याङ्जामा सचिव भट्टराईले विशेष महाधिवेशनका लागि तयारी तथा संयोजन गर्दै आएका छन् ।
यसअघि विशेष महाधिवेशन माग गर्दै क्षेत्र नं. १ बाट १८ जना र क्षेत्र नं. २ बाट ११ जनाले हस्ताक्षर गरेका थिए ।
विशेष महाधिवेशनको पक्षमा लाग्नेहरुमध्ये पूर्व उपसभापति गोपालमान् श्रेष्ठका नजिकका व्यक्तिहरुसमेत रहेका छन् ।
जिल्ला सभापति तथा निवर्तमान् संघीय सांसद राजु थापा तथा पूर्व प्रदेश सांसद समेत रहेका युवा नेता भागवत प्रकाश मल्ल भने यो विषयमा मौन छन् ।
यस्तै युवानेता विष्णु पौडेल पनि विशेष महाधिवेशनको पक्षमा खुलेर नै लागेका छन् । युवापुस्तामा पार्टी र यसको नेतृत्व जानुपर्ने भन्दै आफू जेनजीको भावन अनुसार सक्रिय रहेको उनको भनाइ छ ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend