Nepal Face
  • आइतबार, १० साउन २०८३
  • दुई हजार रुपैयाँले घट्यो सुनको भाउ, तोलाको कति पुग्यो ?


    बिहिबार, पुष २४ २०८२
    800
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। नेपाली बजारमा सुनको भाउ आज पनि घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहिबार सुनको भाउ प्रतितोला दुई हजार रुपैयाँ घटेको हो।

    आज छापवाल सुन प्रतितोला दुई लाख ६५ हजार सातसय रुपैयाँमा झरेको महासंघले जनाएको छ। बुधबार सुनको भाउ तोलामा चारसय रुपैयाँ घटेर दुई लाख ६७ हजार सातसय रुपैयाँ कायम भएको थियो।

    पुस १३ गते सुनको मूल्य दुई लाख ७० हजार ६ सय पुगेको थियो। सुनको यो मूल्य अहिलेसम्मकै सबैभन्दा महँगो हो।

    त्यसैगरि आज चाँदीको मूल्य भने घटेको छ। तोलामा एकसय रुपैयाँ घटेर चाँदीको भाउ आज तोलाको चार हजार आठसय ३५ रुपैयाँ कायम भएको छ। हिजो तोलामा ५५ रुपैयाँ बढेर चाँदीको भाउ आज चार हजार ९ सय ३५ रुपैयाँ पुगेको थियो।

    चाँदीको यो मूल्य हालसम्मकै सबैभन्दा महँगो हो।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार