Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • सरकारलाई खुस्बु ओलीको प्रश्नः मूल्य नियन्त्रण गर्न असफल भएको हो ?


    शुक्रबार, चैत्र २७ २०८२
    180
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद खुस्बु ओलीले सरकारले भन्सार महसुल र पूर्वाधार विकास करमा ५० प्रतिशतसम्म छुट दिए पनि पेट्रोलियम पदार्थको निरन्तर मूल्यबृद्धि किन भइरहेको छ भनेर प्रश्न गरेकी छन् ।

    खुस्बुको प्रश्न छ–‘मूल्यवृद्धि निरन्तर भइरहँदा पनि निगमले अझै अर्बौं घाटाको कुरा गर्छ, यो व्यवस्थापनको कमजोरी हो कि नीतिगत असफलता हो ?’

    उनी सामाजिक संजालमा लेख्छिन्–‘सरकारले भन्सार महसुल र पूर्वाधार विकास करमा ५० प्रतिशतसम्म छुट दिए पनि त्यसको प्रत्यक्ष लाभ जनताले महसुस गर्न सकेका छैनन् । मूल्यवृद्धि निरन्तर भइरहँदा पनि निगमले अझै अर्बौं घाटाको कुरा गर्छ, यो व्यवस्थापनको कमजोरी हो कि नीतिगत असफलता ?

    प्रश्न सीधा छ, जब करमा छुट दिइएको छ भने किन बजारमा मूल्य घट्दैन ? किन सरकार जनतालाई राहत दिने गरी मूल्य नियन्त्रण गर्न असफल हुन्छ ?
    जनताको जीवनसँग प्रत्यक्ष जोडिएको विषयमा सरकारको भूमिका केवल घोषणा गर्ने होइन, प्रभावकारी कार्यान्वयन सुनिश्चित गर्ने हुनुपर्छ ।’

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार