काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद खुस्बु ओलीले सरकारले भन्सार महसुल र पूर्वाधार विकास करमा ५० प्रतिशतसम्म छुट दिए पनि पेट्रोलियम पदार्थको निरन्तर मूल्यबृद्धि किन भइरहेको छ भनेर प्रश्न गरेकी छन् ।
खुस्बुको प्रश्न छ–‘मूल्यवृद्धि निरन्तर भइरहँदा पनि निगमले अझै अर्बौं घाटाको कुरा गर्छ, यो व्यवस्थापनको कमजोरी हो कि नीतिगत असफलता हो ?’
उनी सामाजिक संजालमा लेख्छिन्–‘सरकारले भन्सार महसुल र पूर्वाधार विकास करमा ५० प्रतिशतसम्म छुट दिए पनि त्यसको प्रत्यक्ष लाभ जनताले महसुस गर्न सकेका छैनन् । मूल्यवृद्धि निरन्तर भइरहँदा पनि निगमले अझै अर्बौं घाटाको कुरा गर्छ, यो व्यवस्थापनको कमजोरी हो कि नीतिगत असफलता ?
प्रश्न सीधा छ, जब करमा छुट दिइएको छ भने किन बजारमा मूल्य घट्दैन ? किन सरकार जनतालाई राहत दिने गरी मूल्य नियन्त्रण गर्न असफल हुन्छ ?
जनताको जीवनसँग प्रत्यक्ष जोडिएको विषयमा सरकारको भूमिका केवल घोषणा गर्ने होइन, प्रभावकारी कार्यान्वयन सुनिश्चित गर्ने हुनुपर्छ ।’
काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘एनडि टिभी वर्ल्ड समिट २०२६’ मा सम्बोधन गर्ने भएका छन् । अन्तर्राष्ट्रिय अतिथि वक्ताका रुपमा उनी समिटमा सहभागी हुन...
काठमाडौँ। सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले व्यक्तिगत तथा पार्टीका तर्फबाट देश तथा विदेशमा रहेका नेपालीलाई विजयादशमीको शुभकामना दिएका छन्। यसपटक...
काठमाडौं। प्रधानमन्त्री बालेन शाहले परिवर्तनका लागि सोचसँगै व्यवहार पनि बदल्न जरुरी रहेको बताएका छन्। विजया दशमीको अवसरमा शुभकामना दिँदै उनले आजको दिनलाई भगवान् रामले...
काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैंका अवसरमा सोमबार काठमाडौं उपत्यकाका विभिन्न शक्तिपीठको दर्शन एवं पूजाअर्चना गरी टीकाप्रसाद ग्रहण गरेका छन्। उक्त अवसरमा राष्ट्रपति पौडेलले प्रथम महिला...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend