काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाको हिन्दू हुँ भन्ने अभिब्यक्तिको राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) की नेतृ खुस्बु ओलीले स्वागत गरेकी छन् ।
देउवाको अभिव्यक्तिले नेपालका ८१ प्रतिशत हिन्दू तथा समग्र सनातनी परिवारमा नयाँ आशा र विश्वास जगाएको ओलीले बताएकी छन् । नेपालको मौलिक सभ्यता, संस्कृति, परम्परा र सनातन पहिचानलाई सम्मान गर्ने आवाज जहाँबाट आए पनि त्यसको स्वागत हुनुपर्ने ओलीको मत छ ।
सांसद ओलीले सामाजिक संजालमा लेखेकी छन्–‘नेपाली कांग्रेसका शीर्ष नेता एवं पूर्वप्रधानमन्त्री श्री शेरबहादुर देउवाज्यूले आफू हिन्दू धर्मावलम्बी भएको र सनातन धर्मलाई राष्ट्रिय पहिचानका रूपमा स्वीकार गर्ने अधिवेशनको निर्णय र उहाँको व्यक्तिगत अभिव्यक्तिले गम्भीर राजनीतिक अर्थ बोकेको छ । उहाँको उक्त अभिव्यक्तिले नेपालका ८१ प्रतिशत हिन्दू तथा समग्र सनातनी परिवारमा नयाँ आशा र विश्वास जगाएको छ । नेपालको मौलिक सभ्यता, संस्कृति, परम्परा र सनातन पहिचानलाई सम्मान गर्ने आवाज जहाँबाट आए पनि त्यसको स्वागत हुनुपर्छ ।
नेपाललाई कुनै स्पष्ट जनभावना र राष्ट्रिय बहसविना धर्मनिरपेक्ष बनाइएको विषयमा आज पनि गम्भीर प्रश्नहरू उठिरहेका छन् । अब समय आएको छ ः देशको पहिचान, जनभावना र ऐतिहासिक निरन्तरतामाथि खुलेर राष्ट्रिय बहस गर्ने ।
देउवाज्यूको उक्त अभिव्यक्ति व्यक्तिगत आस्थाको मात्र अभिव्यक्ति नबनोस् । यसले नेपालको मौलिक पहिचान र सनातन सभ्यताको सम्मानतर्फ राष्ट्रिय राजनीतिको ‘कोर्ष करेक्सन’ को बाटो खोलोस् । किनभने, आस्था व्यक्तिगत हुनसक्छ, तर राष्ट्रिय पहिचान साझा हुनुपर्छ । नेपालको सनातन पहिचानमाथि अब इमानदार राष्ट्रिय बहस हुनैपर्छ ।’
काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘एनडि टिभी वर्ल्ड समिट २०२६’ मा सम्बोधन गर्ने भएका छन् । अन्तर्राष्ट्रिय अतिथि वक्ताका रुपमा उनी समिटमा सहभागी हुन...
काठमाडौँ। सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले व्यक्तिगत तथा पार्टीका तर्फबाट देश तथा विदेशमा रहेका नेपालीलाई विजयादशमीको शुभकामना दिएका छन्। यसपटक...
काठमाडौं। प्रधानमन्त्री बालेन शाहले परिवर्तनका लागि सोचसँगै व्यवहार पनि बदल्न जरुरी रहेको बताएका छन्। विजया दशमीको अवसरमा शुभकामना दिँदै उनले आजको दिनलाई भगवान् रामले...
काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैंका अवसरमा सोमबार काठमाडौं उपत्यकाका विभिन्न शक्तिपीठको दर्शन एवं पूजाअर्चना गरी टीकाप्रसाद ग्रहण गरेका छन्। उक्त अवसरमा राष्ट्रपति पौडेलले प्रथम महिला...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend