Nepal Face
  • आइतबार, २८ भाद्र २०८३
  • बीपी निवासबाट २०१७ मै १ लाख भारु बरामद, देउवा निवासमा जलेका नोटको छानबिन के भयो ?


    बुधबार, पुष २३ २०८२
    860
    Shares
    नेपाल फेस
  • ५ मिनेट पाठ
  • विष्णु होमागाई

    काठमाडौं । २०१७ साल पु १ गते तत्कालीन राजा महेन्द्रले बीपी कोइरालाको निर्वाचित सरकारलाई अपदस्थ गरी शासन हातमा लिएका थिए ।

    बीपीलाई कष्टडीमा राखिएको थियो । त्यसपछि बीपी निवासमा खानतलासी गरियो । खानतलासीको क्रममा कोइरालाको निवासमा रहेको सेफबाट १ लाख ८ हजार १ सय दश भारतीय रुपैयाँ तथा ११ हजार ७ सय ६० नेपाली रुपैयाँ बरामद गरिएको कुरा सरकारी सञ्चार माध्ययम गोरखापत्रले २०१७ साल पुस ६ गते प्रकाशन गरेको समाचारमा उल्लेख छ ।

    खानतलासी तत्कालीन गृहसचिवालयका उपसचिवहरु विनोदप्रसाद धिताल तथा रामबहादुर रावलको उपस्थितिमा गरिएको थियो । उक्त समयमा अपदस्थ प्रधानमन्त्री बीपी कोइरालाका सहायक निजी सचिवहरु भुवनदत्त तिमिल्सिना र रेखा बहादुरलाई रोहवरमा राखियोे ।

    २०८२ साल भदौ २३ र २४ गतेको जेनजी बिद्रोहमा नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको निवासबाट ठूलो परिमाणमा नेपाली नोट जलेका भिडियोहरु सामाजिक संजालमा छताछुल्ल पारियो । उक्त रकम अवैध भएको भन्दै चौतर्फी विरोध भएपछि सरकारले सम्पत्ति शुद्धीकरण विभागलाई छानबिन गर्न जिम्मेवारी दिएको छ । तथापि निजामती तहका प्रथम श्रेणीका अधिकृत प्रमुख रहेको विभागले अहिलेसम्म नतिजामूलक परिणाम ल्याउन सकिरहेको छैन ।

    नक्कली भूटानी शरणार्थी प्रकरणमा जोडिएकी शेरबहादुर देउवा पत्नी डा. आरजु राणालाई छानबिन गर्नका लागि पुर्पक्षका लागि थुनामा राख्नसक्ने आशंका भएपछि हतारमा सत्ता नै परिवर्तन गरी कांग्रेस र एमालेको गठबन्धन बनाइएको थियो ।

    बीपीकै निर्देशनमा २०३० सालमा बिराटनगरबाट काठमाडौं आइरहेको ट्वीनअटर बिमान अपहरण गरी भारतको फारविसगञ्जमा झारिएको थियो ।

    बिमानमा नेपाल राष्ट्रबैंक काठमाडौंमा लैजानका लागि ३० लाख भारु पठाइएको थियो । उक्त बिमान अपहरणमा हालका प्रधानमन्त्री सुशीला कार्कीका श्रीमान् दुर्गा सुवेदीले नेतृत्व गरेका थिए । त्यसपछि उक्त रकम व्यवस्थापन गर्नका लागि नेपाली काग्रेसकै नेता गिरिजाप्रसाद कोइराला गाडी लिएर भारतको फारबिसगञ्जको अस्थायी विमानस्थलमा कुरिरहेका थिए । त्यसको धेरै बर्षपछि दाजलिङको एक घरमा काग्रेसकै नेता चक्रप्रसाद बास्तोलाको ससुरालीमा राष्ट्रबैंकको रकम राखिएको बक्सा भेटिएको थियो ।

    पछिल्लो समयमा पनि देउवाकी धर्मपत्नी आरजु राणाले सेटिङ गरेर धन जम्मा गरी कार्यकर्तालाई बाँडेर शक्तिकेन्द्रका रुपमा प्रस्तुत गर्दैआएकी छन् । नेकपा (एमाले)बाट प्रतिनिधित्व गरेका तत्कालीन अर्थमन्त्री सुरेन्द्र पाण्डेले देशको अर्थतन्त्रमा सुधार ल्याउनका लागि १ हजार र ५ सयका दरका कागजी नोटहरु बन्द गरिदिनुपर्छ भन्दै आएका छन् । तर, सरकारले टेरपुच्छर लगाएको छैन ।

    पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति देउवाको घर अवैध रकम जम्मा गर्ने थलो नै बनेको सार्वजनिक भएको भिडियोबाट अनुमान गर्नेहरुको जमात नै छ । देउवाले पाँच पटक प्रधानमन्त्री हुँदा राजनीतिक नियुक्ति, सरुवा, बढुवा, थमौती गर्दा सेटिङ गरेको आरोप लाग्दैआएको छ ।

    त्यसको संयोजन र रकमको व्यवस्थापन भतिजा भानु देउवा र श्रीमती आरजु राणाले गर्दै आएको आरोप देउवाले खेप्नुपरेको छ । नेपाली नागरिकलाकई नक्कली भुटानी बनाएर विदेश पठाउने योजना पनि बुनिएका समाचार पनि आए । भतिज भानु देउवालाई पैसाको ब्रिफकेस बुझाएपछि बन्दै आए ।

    प्रहरी महानिरीक्षक बन्न सात करोड नगदै माग गरेको पूर्व एआइजी विश्वराज पोखरेलले सार्वजनिक अभिब्यक्ति दिएका छन् । ४० लाख रुपैयाँ मल कारखाना खोल्नका लागि स्वीकृति लिन दिएको भन्दै एक जना गिरी थरका उद्योगीले नै खोलेका छन् । शेरबहादुरका भतिजा भानु देउवालाई पुष्टिका लागि सम्पर्क गर्दा उनले काम आएको तर रकम नबुझेको बताए । त्यसपछि ती उद्योगीकहाँ पूर्व अर्थमन्त्री ज्ञानेन्द्र बहादुर कार्की आफैं गएर रकम बुझाउने कबोल गरेका समाचार प्राप्त भएको छ । कसरी रकम असुली गर्छन् भन्ने प्रतिनिधि पात्र मात्रै हुन् भानु ।

    डायरी एक्सपे्रेस साप्ताहिकका अनुसार २०१७ साल वैशाख १ गते राजाले अपदस्थ गर्नुको मूख्य कारण लम्जुङ र गोरखाका स्थानीयबासीहरुले राजा महेन्द्र समक्ष शान्ति सुरक्षा दिलाई पाउन बिन्तिपत्र जाहेर गरेका थिए । कतिपय गाउँमा कसैलाई गाली गर्नुपर्दा तिम्रो घरमा कांग्रेस पसोस् भन्ने गर्दथे ।

    अवस्था एकदमै नाजुक भएका कारण नै राजाले शासन हातमा लिएको तत्कालीन राजावादी नेताहरुको दाबी छ । भारतका प्रधानमन्त्री जवाहरलाल नेहरुलेसमेत राजाको कदमलाई खुलेर विरोध गरेका थिएनन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार