Nepal Face
  • आइतबार, २८ भाद्र २०८३
  • राति अबेरसम्म बसेर पनि राष्ट्रिय सभा उम्मेदवार टुंगो लगाउछौं: कांग्रेस


    मंगलबार, पुष २२ २०८२
    525
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रिय सभा निर्वाचनका उम्मेदवारहरू आजै टुंगो लगाउने बताएको छ । पार्टीका प्रवक्ता डा. प्रकाशशरण महतका अनुसार, आजै केहीबेरमा राष्ट्रिय सभा उम्मेदवार तय गरिनेगरी छलफल अघि बढेको छ ।

    कांग्रेसले राष्ट्रिय सभा निर्वाचनमा एमालेसँग तालमेल गरेर अघि बढ्ने निर्णय भएको छ ।

    ‘हाम्रो बैठक केहीबेरका लागि स्थगित भएको छ,’ महतले भने, ‘राति अबेरसम्म बसेर भएपनि राष्ट्रिय सभा निर्वाचनको लागि उम्मेदवार तय गरिनेछ ।’

    सोमबारको बैठकमा कार्यवाहक सभापति पूर्णबहादुर खड्काले राष्ट्रियसभा निर्वाचनमा गरिने चुनावी तालमेलबारे ‘ब्रिफिङ’ गरेका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार