Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • राष्ट्रिय सभाको ७ सीटमा एमालेको दाबी


    मंगलबार, पुष २२ २०८२
    520
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । नेकपा एमालेले राष्ट्रिय सभा निर्वाचनमा चुनावी तालमेल गर्दा ७ सीट दाबी गरेको छ।

    सचिवालय बैठकपछि काँग्रेस र नेकपासँगको छलफलमा आफूहरूले हरेक प्रदेशमा एक जना पर्ने गरी ७ सीट माग गरेको उपमहासचिव लेखराज भट्टले बताए ।

    उनले अहिलेसम्म कुनै टुंगो नलागेको भन्दै अध्यक्षले काँग्रेससँग छलफल गर्ने र उम्मेदवारको टुंगो लगाउने जिम्मा पनि बैठकले अध्यक्षलाई नै दिएको बताए ।

    राष्ट्रिय सभामा मिलेर जाने भन्नेबारे सहमति भए पनि प्रतिनिधि सभाबारे अहिलेसम्म कुनै छलफल नभएको बताए।

    राष्ट्रिय सभाको रिक्त हुन लागेको १८ सीटमा माघ ११ गते चुनाव हुँदै छ । त्यसमा काँग्रेस, नेपाली कम्युनिस्ट पार्टीसँग गठबन्धन गरेर जान एमाले सहमत भइसकेको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार