काठमाडौं । प्रधानमन्त्री शुसिला कार्कीले राजनीतिक दलसँग आवद्ध मन्त्रीहरूलाई राजीनामा दिन सुझाव दिएकी छन् ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री कार्कीले दलसँग आबद्ध भइसकेका मन्त्रीहरूले परिस्थितिको मूल्याङ्कन गरी आफैं निर्णय गर्नुपर्ने बताएकी हुन् ।
प्रधानमन्त्रीले कुनै मन्त्रीलाई व्यक्तिगत रूपमा नाम लिएर नभने पनि दलसँग आवद्ध भएकाहरूले बुझेर कदम चाल्नुपर्ने बताएको स्रोतले जनाएको छ ।
हाल ऊर्जामन्त्री रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति कुलमान घिसिङ तथा केन्द्रीय सदस्य बब्लु गुप्ता खेलकुदमन्त्री छन् । यस्तै, सञ्चारमन्त्री जगदिश खरेल पनि ललितपुर क्षेत्र नम्बर–२ बाट रास्वपाको तर्फबाट उम्मेदवार बन्ने चर्चा चलिरहेको छ । यद्यपि उनी हालसम्म कुनै दलसँग औपचारिक रूपमा आवद्ध छैनन ।
कार्की नेतृत्वको सरकार गैरदलीय सरकार हो । यस्तो अवस्थामा रास्वपासँग आबद्ध भइसकेका घिसिङ र गुप्ता मन्त्री पदमै कायम रहनु उचित नभएको भन्दै उनीहरूले राजीनामा दिनुपर्ने आवाज उठ्न थालेको छ ।
काठमाडौं । गृहसचिव केदारनाथ शर्माले सशस्त्र प्रहरी कर्मचारीहरु अत्यन्तै अप्ठ्यारो र कठिन भौगोलिक स्थानहरुमा कुनै किसिमबाट विचल्लीत नभई खटिँदै आईरहेको हुँदा सशस्त्र प्रहरीको जनशक्तिलाई...
काठमाडौँ । सरकारले बाढीबाट क्षतिग्रस्त सडक सञ्जाल आगामी असोजभित्र सञ्चालनमा ल्याउने गरी पुनस्स्थापनाको काम तीव्र बनाएको छ। तत्काल वैकल्पिक सडक सञ्चालन तथा तुइन र...
काठमाडौं । नुवाकोटको किस्पाङ गाउँपालिका अध्यक्ष वीरबल तामाङ पक्राउ परेका छन् । उनलाई प्रहरीले सिंहदरबार गेटबाट नियन्त्रणमा लिएको हो । अध्यक्ष तामाङ आजै प्रधानमन्त्री बालेन...
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले बालबालिकामा गरिने लगानी वास्तवमा राष्ट्रको सुखद भविष्यका लागि भएको बताएका छन् । राष्ट्रिय बाल दिवस, २०८३ को अवसरमा शुभकामना सन्देश...
काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले रसुवाको भोटेकोसी बाढीपछि विपद् संकटग्रस्त क्षेत्र घोषित विभिन्न जिल्ला र स्थानीय तहका जनप्रतिनिधिहरूसँग छलफल सुरु गरेका छन्। प्रधानमन्त्री तथा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend