Nepal Face
  • सोमबार, १० कार्तिक २०८३
  • मोरङमा प्रहरीले चलायो गोली, २ भारतीय नागरिक पक्राउ 


    आइतबार, पुष १३ २०८२
    905
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • विराटनगर । मोरङको जहदा गाउँपालिकाको सीमावर्ती क्षेत्र नजिकै गाँजा कारोबारीलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको छ ।

    प्रहरीले शनिबार राति गोली चलाएर ३३० किलो गाँजासहित २ जना भारतीय नागरिकलाई पक्राउ गरेको हो ।

    नेपाल–भारत सीमा क्षेत्रनजिक जहदा गाउँपालिका–२ तारिगामा प्रहरीले राति १०:३० बजेतिर प्रहरीलाई देखेपछि टाउकोमा बोकेको गाँजाको बोरा फालेर दुई भारतीय भागेका थिए । उनीहरुलाई नियन्त्रणमा लिन प्रहरीले चाइनिज पेस्तोलबाट १ राउण्ड हवाई फायर गरेको हो ।

    प्रहरीले हवाई फायर गरेर गाँजा ओसारपसारमा संलग्न भारतको अररिया चन्दामोहनका २४ वर्षीय अबुल हसन र ३० वर्षीय सोहेल खानलाई नियन्त्रणमा लिएको छ ।

    मोरङ प्रहरी प्रमुख कवित कटवालले गाँजा ओसारपसार गर्दै गर्दा हवाई फायर गरेर २ जना भारतीयलाई पक्राउ गरिएको पुष्टि गरे ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार