Nepal Face
  • आइतबार, १० साउन २०८३
  • गौतमबुद्ध विमानस्थलबाट कतार उडे खगेन्द्रप्रसाद र रुद्रकली


    बुधबार, पुष २ २०८२
    625
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • बुटवल । नेपाल सरकारले उपहार स्वरुप दिएको दुई हात्ती बुधबार भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट कतारका लागि उडेका छन् ।

    कतार एयरवेजको उडान नम्बर क्यूआर ८८२४ अन्तर्गतको बोइङ ७७७ एफ फ्रेटर जहाजमार्फत खगेन्द्रप्रसाद र रुद्रकली हात्ती दिउँसो ५ बजेपछि उडान भरेका हुन् ।

    हात्तीहरू मंगलबार चितवनबाट भैरहवा ल्याइएका थिए। जहाज आज बिहान खराब मौसमका कारण भारतको कोलकाता डाइभर्ट भएको थियो । भैरहवाबाट उडान भरेको करिब ४ घण्टामा हात्ती कतार पुग्ने विमानस्थलका महाप्रवन्धक प्रतापबाबु तिवारीले जानकारी दिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार