Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • ओलीका सदाबहादुर सहयोगी बास्कोटा र कृष्णगोपाल इश्वर पोखरेल समूहबाट सचिवका उम्मेदवार


    सोमबार, मंसिर २९ २०८२
    870
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपा (एमाले)मा अध्यक्ष केपी शर्मा ओलीलाई सधैं साथ दिंदैआएका नेता गोकुल बाँस्कोटा र कृष्णगोपाल श्रेष्ठले ईश्वर पोखरेल समूहबाट सचिवमा उम्मेदवारी दिएका छन् ।

    बाँस्कोटा र श्रेष्ठ ओलीका दुःखका बेलामा साथ दिने नेता हुन् । जनकपुरमा भएको एमालेको सातौं महाधिवेशनमा ओली पक्षका सबै नेता केन्द्रीय कमिटीमा पराजीत हुँदा पनि बास्कोटा र श्रेष्ठले उनलाई साथ दिंदैआएका थिए । तर पछिल्ला दिनमा ओलीमा बढेको अहंकार र पार्टीमा ब्यक्तिवाद हावी भएपछि उनीहरु टाढिएका थिए ।

    टाढिंदै टाढिंदै उनीहरु ११ औं महाधिवेशनमा इश्वर पोखरेलको समूहबाट सचिवमा उम्मेदवारी दिने तहमा पुगेका छन् । ओली नेतृत्वमा गोकुल बास्कोटा संचार मन्त्री र कृष्णगोपाल श्रेष्ठ शिक्षा मन्त्री भएका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार