Nepal Face
  • आइतबार, १० साउन २०८३
  • वाइडबडी जहाज खरिद प्रकरण- दोषीले सफाइ पाएको भन्दै सर्वोच्च पुग्यो अख्तियार


    मंगलबार, मंसिर १६ २०८२
    615
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। वाइडबडी जहाज खरिदसम्बन्धी भ्रष्टाचार मुद्दामा सफाइ पाएकाहरूविरूद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सर्वोच्च अदालतमा पुनरावेदन दिएको छ।

    वाइडबडी खरिदसम्बन्धी भ्रष्टाचार मुद्दामा विशेष अदालतले पूर्वमन्त्री जीवनबहादुर शाहीसहित २२ जनालाई सफाइ दिएको थियो।

    उक्त फैसला चित्त नबुझेपछि अख्तियारले मंगलबार सर्वोच्चमा पुनरावेदन दिएको अख्तियारको प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए।

    प्रवक्ता पौडेलका अनुसार अख्तियारले वाइडबडी जहाज खरिद प्रकरणमा एक अर्ब ४७ करोड १० लाख रुपैयाँ भ्रष्टाचार भएको भन्दै पूर्वमन्त्री शाहीसहित २०८० चैत २२ गते ३२ जनाविरूद्ध मुद्दा हालेको थियो।

    २०८१ मंसिर २१ गते निगमका तत्कालिन महाप्रबन्धक सुगतरत्न कंसाकारसहित चार जना कर्मचारी र बिक्रेता कम्पनीका सात जना विदेशीसहित १० जनालाई दोषी ठहर भएका थिए भने अन्य सबैले सफाइ पाएका थिए।

    उक्त मुद्दामा केही प्रतिवादीलाई आंशिक ठहर गरी केही प्रतिवादीलाई सफाइ दिएको, साथै अभियोग मागदाबी बमोजिम कसूर नभएको भन्दै सर्वोच्च पुगेको प्रवक्ता पौडेलले जानकारी दिए।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार