काठमाडौं । जेनजी आन्दोलनका क्रममा व्यक्तिका घरमा आगजनी र तोडफोड गर्ने रास्वपाका नेतासहित चार जना कारागार चलान भएका छन् ।
आन्दोलनका क्रममा पोखरा मेयर धनराज आचार्यको घरमा आगजनी र तोडफोड गरेको किटानी जाहेरीका आधारमा पक्राउ परेका रास्वपा पोखरा १० का सभापति चन्द्रबहादुर थापासहित चार जनालाई जिल्ला अदालत कास्कीले थुनामा पठाउने आदेश दिएको हो ।
न्यायाधीश हिमलाल बेल्बासेको इजलासले आपराधिक उपद्रव तथा डाँका चोरी मुद्दामा थापासहित बिना मल्ल भनिने विमला सापकोटा, चिनबहादुर खवासलाई पुर्पक्षका लागि थुनामा पठाएको हो ।
सोही घटनामा अर्का एक नाबालकलाई पनि पुर्पक्षका लागि सुधार गृह पठाइएको कास्की प्रहरीका इन्स्पेक्टर गणेश पाण्डेले जानकारी दिए । घटनामा संलग्नताको आधारमा पक्राउ परेका चन्द्रका भाइ हरिबहादुर थापालाई भने २ लाख धरौटीमा रिहा गर्ने आदेश भएको छ ।
आन्दोलनको दोस्रो दिन उनीहरुले सरकारी सम्पत्तिसँगै मेयर आचार्यको घरमा आगजनी र तोडफोड गर्दै गरेको फोटो, भिडियो सार्वजनिक भएका थिए । आगजनी र तोडफोडको भिडियो र फोटो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि रास्वपाले थापालाई पक्राउ पर्नुअघि नै निलम्बन गरेको थियो ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
काठमाडौँ । सशस्त्र प्रहरी बलको कीर्तिपुरस्थित विद्यालयमा भएको करिब ११ करोड रुपैयाँ हिनामिना प्रकरणमा पक्राउ परेकी इन्सपेक्टर कल्पना गुरुङ र उनका साथी लीलाबहादुर लामाविरुद्ध...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायअन्तर्गत स्नातकोत्तर तह प्रथम सत्रको प्रश्न पत्र सामाजिक सञ्जालमा बाहिरिएको घटनाबारे सत्य तथ्य पत्ता लगाउन छानबिन समिति गठन गरिएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend