काठमाडौँ । सार्वजनिक खरिद अनुगमन कार्यालयले १४ वटा निर्माण व्यवसायी तथा आपूर्तिकर्ताहरूलाई कालोसूचीमा राख्ने तयारी गरेको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गतको यो कार्यालयले आज एक सार्वजनिक सूचना जारी गर्दै ती कम्पनीहरूलाई कालोसूचीमा राख्नु नपर्ने कुनै आधार र प्रमाण भए ७ दिनभित्र लिखित स्पष्टीकरण पेस गर्न अन्तिम मौका दिएको हो ।
विभिन्न सार्वजनिक निकायहरूले दिएको ठेक्का सम्झौता अनुसार काम नगरेको भन्दै ती निकायहरूले निर्माण व्यवसायीहरूलाई कालोसूचीमा राख्न अनुगमन कार्यालयमा लेखि पठाएको सूचनामा उल्लेख छ ।
नुवाकोट डिभिजन सडक कार्यालयको सिफारिसमा अनुगमन कार्यालयले अधिकांश ठेक्का रद्द गर्ने सूचना निकालेको छ । नुवाकोट डिभिजन सडक कार्यालयको सिफारिसमा अनुगमन कार्यालयले अधिकांश ठेक्का रद्द गर्ने सूचना निकालेको छ । १४ मध्ये ११ वटा नुवाकोटका सडकका ठेक्का छन् ।
तोकिएको मितिभित्र कार्यालयमा उपस्थित भई लिखित स्पष्टीकरण नबुझाएमा यी कम्पनीहरूलाई कानुन बमोजिम कालोसूचीमा राख्ने प्रक्रिया अगाडि बढाइनेछ ।

काठमाडौँ। नेपाली कांग्रेसकी नेत्री सीता गुरुङले उपसभापतिमा उम्मेदवारी दिएकी छन्। कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत महिलातर्फ उपसभापतिमा उम्मेदवारी दिएकी हुन्। उनी यसअघि केन्द्रीय सदस्य थिइन्। गुरुङ कांग्रेसमा लामो...
काठमाडौँ। दसैं घटस्थापनादेखि पूर्णिमासम्म नेपालभरि रुट परमिट खुला भएको छ । आज यातायात व्यवस्था विभागले सरोकारवालाको बैठकपछि यस्तो निर्णय गरेको हो । घटस्थापना २५ असोजमा...
काठमाडौँ। नेपाली कांग्रेसका पूर्वउपसभापति धनराज गुरुङले फेरि उपसभापतिमा उम्मेदवारी दर्ता गराएका छन् । उनी १४ औं महाधिवेशनमा उपसभापति निर्वाचित भएका थिए । त्यो बेला डा....
काठमाडौँ। जिल्ला अदालत काठमाडौंले दुर्गा प्रसाईंलाई धरौटीमा छोड्न आदेश दिएको छ। मेडिकल व्यवसायी प्रसाईंलाई विदयुतीय कारोबार सम्बन्धी कसूरमा दुई लाख धरौटीमा छोड्न आदेश भएको जिल्ला...
काठमाडौँ। नेपाली कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्माले उम्मेदवारी दर्ता गराएका छन् । अहिले धमाधम कांग्रेस महाधिवेशनको केन्द्रीय कार्यसमितिका लागि उम्मेदवारी दर्ता भइरहेको छ । यसैबीच शर्माले...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend