काठमाडौं । नेपाली कांग्रेसको जारी केन्द्रीय समिति बैठक आज फेरि बस्दैछ । असोज २८ मा सुरु भएर कात्तिक २७ मा स्थगित भएको केन्द्रीय समिति बैठक आज पुनः बस्न लागेको हो ।
विशेष अथवा नियमित महाधिवेशन भन्ने विवादमा बैठक केन्द्रित हुँदै आएको छ । पुस वा वैशाखमा नियमित महाधिवेशन भन्ने विषयमा पनि बैठकमा विवाद छ ।
यही विवादका कारण कांग्रेस राष्ट्रिय विषयमा समेत प्रवेश नगरी बैठक स्थगित गरेर बसेको छ ।
दुवैतर्फको निरन्तरको अडानले कात्तिक २७ यता तीनपटक बैठक स्थगित भइसकेको छ । दिउँसो १ बजेका लागि डाकिएको बैठकमा पुस अन्तिमको नियमित महाधिवेशन कार्यतालिका पेस गर्ने तयारी कार्यवाहक सभापति पूर्णबहादुर खड्कासहितले गरेका छन् ।
विशेष महाधिवेशनको अडान लिइरहेका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासहितको विश्वासमा पुस अन्तिम साताको कार्यतालिका पेस गरी विशेष महाधिवेशन प्रस्ताव फिर्ता गराउने तयारीमा खड्का लागेका छन् । तर महामन्त्रीद्वयले पुस मसान्तमा महाधिवेशन गर्ने कुरा अस्वीकार गर्दैआएका छन् ।
उनीहरु मंसिरमै बिशेष महाधिवेशन गर्नुपर्ने अडानमा छन् । ५५ प्रतिशत महाधिवेशन प्रतिनिधिहरुले बिशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गरेकाले सोही अनुसार हुनुपर्ने महामन्त्रीद्वय थापा र शर्मा छन् ।
काठमाडौं । गृहमन्त्री सुधन गुरुङ जेन्जी आन्दोलनलाई अपमान नगर्न चेतावनी दिएका छन्। जेन्जी शहीद स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै जेन्जी आन्दोलनलाई अपमान...
काठमाडौँ । सुशासन, रोजगार र अवसरको खोजीसँगै युवा पुस्ताको संघर्षले भएको जेन जेड आन्दोलनको एक वर्ष पूरा भएको छ । स्वदेशमै रोजगारको सिर्जना गर्ने...
काठमाडौँ। नेपाली कांग्रेसको १५औं महाधिवेशनका लागि राष्ट्रिय सभा गृहको हल, लबी, पार्किङ स्थल र बगैंचा बुकिङ गरिएको छ। मंगलबार कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले...
काठमाडौं । सत्तारुढ दल रास्वपाका सभापति रवि लामिछानेले एक वर्षअघि भएको जेनजी आन्दोलनलाई नयाँ जागरण विस्फोटको रुपमा उल्लेख गरेका छन्। जेनजी शहीद दिवसको अवसरमा वक्तव्य...
काठमाडौँ। प्रमुख प्रतिपक्षी तथा नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले जेन–जी विद्रोहका क्रममा भएका घटनाबारे राष्ट्रिय मानव अधिकार आयोगले गरेको सिफारिस तत्काल कार्यान्वयन...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend