Nepal Face
  • आइतबार, १० साउन २०८३
  • देउवा दम्पती सिंगापुरबाट आज स्वदेश फर्किँदै


    शुक्रबार, कार्तिक २८ २०८२
    630
    Shares
    रजनी श्रेष्ठ
  • १ मिनेट पाठ
  • काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा आज शुक्रबार स्वदेश फर्किँदै छन् । सभापति देउवा आज बेलुकी सिंगापुरबाट स्वदेश फर्किन लागेका उनी निकट एक नेताले पुष्टि गरेका छन् ।

    उनी १० कात्तिकमा पत्नी डा। आरजु राणा देउवाका साथ उपचारका लागि सिंगापुर गएका थिए । जेन जेड आन्दोलनका क्रममा भएको सांघातिक आक्रमणमा देउवा दम्पती घाइते भएका थिए ।

    २४ भदौमा आक्रमणमा परेका देउवा दम्पती २८ असोजमा बसेको केन्द्रीय कार्यसमिति बैठकमा सार्वजनिक भएका थिए ।

    सोही बैठकलाई सम्बोधन गरेर सभापति देउवाले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी सुम्पिएका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार