काठमाडौं । काठमाडौंको टोखा नगरपालिका वडा नम्बर २ स्थित साविक चण्डेश्वरी –२ ग र २ ख को सिमानाको राजकुलोमाथि बाटो निर्माण गरी प्लटिङ गरिएको छ ।
कित्ता नम्बर ३३६, ३३७, १६६, १६७ मा चार झण्डै ४ रोपनी, अर्को २ ग को कित्ता नम्बर ७१, ७३ ५०, १८, ४०३, ४७, ४६ ,३१०, ५३० कित्ताको जम्मा ३ रोपनी र कित्ता नम्बर १०८, १०७, देखि ३६६, ९३, ९४, ८८, १४८, १४९ समेत गरी जम्मा १५ रोपनी जग्गामा प्लटिङ भइरहेको छ । कानून बमोजिम राजकुलो छोप्ने काम गर्न पाइँदैन ।
राजकुलोमा व्यक्ति बिशेषको नाममा लालपुर्जा गर्ने गराउने व्यक्तिलाई मालपोत ऐन, २०३४ को दफा २९ अनुसार एकहजार रूपैयाँदेखि दशहजार रूपैयाँसम्म जरिवाना गर्ने व्यवस्था समेत गरेको छ । साथै मुलुकी देवानी संहिताको दफा ३०५ अनुसार समेत सार्वजनिक सम्पत्ति हिनामिना भएमा २५ हजार देखि १ लाख रुपैयाँसम्म जरिवाना सजायको व्यवस्था गरिएको छ ।
उक्त ठाउँमा राजकुलो छोपेर माथि गाडीको बाटोका लागि कित्ता ट्रयाक खोलिएको छ । कानून ब मोजिम राजकुलो छोप्ने काम गर्न पाइँदैन । तथापि अनुगमन नै नभएकाले मनपरी भइरहेको छ । राजकुलो मासेर बाटो बनाएर प्लटिङ गर्ने काममा सानोबाबु श्रेष्ठ, धर्मेन्द्र महर्जनलगायतका व्यक्तिहरुको संलग्नता रहेको छ । यो प्लटिङ एक बर्षअघिदेखि सुरु गरिएको स्थानीयहरु बताउँछन् ।

अहिले आनाको २५ देखि २९ लाखसम्मको मूल्यमा बेचिएको एक जना स्थानीयको दाबी छ । राजकुलोमाथि बाटो बनेको छ नि भन्ने प्रश्नमा टोखा नगरपालिका–२ का अध्यक्ष धर्मेन्द्र श्रेष्ठ भन्छन् ‘अहिले हालसाविक चलिरहेको छ । राजकुलो कुनै पनि हालतमा मास्न पाइँदैन । यसलाई यथावतै राख्नुपर्दछ । अन्यथा हामी कानून बमोजिम कारबाही अघि बढाउँछौं ।
मापदण्ड अनुसार अन्य ठाउँबाट बाटो खोलेको खण्डमा हाम्रो आपत्ति रहँदैन । वडाध्यक्षको यो भनाइबिपरीत अहिले प्लटिङमा धमाधम घडेरीहरु बिक्री भइरहेका छन् । वडाध्यक्ष श्रेष्ठको भित्री सहमति बेगर बनाउन सम्भव नै छैन । खरिद गर्नेहरु प्लटिङका घडेरीमा कुनै समस्या छैनन् भन्ने बुझ्दछन् । उक्त स्थानमा अहिलेसम्म दर्जनौं घडेरीहरु बैनाबट्टा भइसकेको एक जना स्थानीयले खुलासा गरेका छन् ।
त्यसो त यहाँ काठमाडौं उपत्यकामा चार शहर बनाइने भनी जग्गा बेचिबिखन र प्लटिङ नै रोक्का गरिएको क्षेत्र हो । त्यसैले पनि झनै अनुमतिको आवश्यक्ता पर्दछ । तर, जग्गा दलालहरुले सस्तो मूल्यमा पाइने भन्दै आँखामा छारो हाली बेचिहेका छन् ।
घडेरी बेचबिखनमा सहजीकरण गर्ने कार्यमा रमेश जोशी नाम गरेका एक व्यक्तिले गरेका छन् । यो प्लटिङका मूख्य लगानीकर्ताहरुमा सानोबाबु श्रेष्ठ र वीरेन्द्र महर्जन हुन् ।
राजकूलोमाथिबाट बाटो बनाएर प्लटिङ गर्नुभएको रहेछ नि भन्ने प्रश्नमा लगानीकर्तामध्येका एक सानोबाबु श्रेष्ठ भन्छन्–‘टोखामा ९० प्रतिशत बाटो राजकुलोमाथि बनाइएका छन् ।
त्यसमा पनि कस्तो कुलो हो पहिचान गर्नुपर्दछ । हाम्रो प्लटिङमा तीनवटामा राजकुलोले छुन्छ । छेउमा ठाउँ राखेर किसानलाई पानी लैजान मिल्नेगरी बनाउने योजनामा छौं । हाम्रो प्लटिङ १०÷१२ रोपनीमा मात्रै हो । हजारौं रोपनीका लागि बाटो चाहिने हो ।’
काठमाडौं । बाढी प्रभावित रसुवाका बालबालिकालाई कुपोषणको जोखिमबाट जोगाउन स्वास्थ्य सेवा विभागले ३० हजार स्याचेट Ready-to-Use Therapeutic Food (RUTF) रसुवा पठाएको छ । बाढीका कारण...
सुयोग शर्मा भदौ १० गते रसुवामा बाढी आयो । स्वास्थ्यका सबै निकाय परिचालन भए तर एकीकृत र प्रभावकारी हुन सकेनन् । कतै स्वास्थ्य सामग्रीको अभाव...
ललितपुर । कारागारमा रहेका व्यक्तिको निर्देशनमा ठूलो लागूऔषध सञ्जाल सञ्चालन भइरहेको आशंकाबीच सशस्त्र प्रहरी बल नेपालको इन्टेलिजेन्स ब्यूरोले ललितपुरको च्यासलबाट १७ हजार ४ सय...
काठमाडौं । देशको राजधानी काठमाडौंको टेकूमा रहेको केन्द्रीय जनस्वास्थ्य प्रयोगशाला(सेन्टर ल्याब) को ब्यवस्थापन प्रभावकारी नहुँदा आम नागरिकले दिनहुँ सास्ती ब्यहोर्नुपरेको छ । भरपर्दो र विश्वसनीयका...
काठमाडौं । नेपालमा जापानिज इन्सेफ्लाइटिस (जेई) संक्रमण र यसबाट हुने मृत्युको अवस्था गम्भीर बन्दै गएपछि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले उच्च जोखिममा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend