शिवकुमार थापा
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दिनदिनै स्टीङ अप्रेसनमा घुसखोरी कर्मचारी र सम्बन्धित व्यक्तिहरुका विरुद्ध आक्रामक ढंगले कारबाही चलाएको छ । तर, पनि कतिपय पालिकाहरुमा खुलेआम घुस चलिरहेको छ । घुस रकम नदिँदा सर्वसाधारणले घर बनाउनका लागि पालिकाहरुमा नक्सापासको स्थायी इजाजत लिन झण्डै आधा बर्ष नै लगाएका छन् ।
टोखा नगरपालिकाको प्रशासनिक भवन निर्माण भएको दुई वर्ष नहुँदै कतै चर्कने त ढोका फुटिसकेको अवस्था छ । नगरपालिकाले १५ करोड २७ लाख ८१ हजार दुई सय १६ रुपैयाँमा गौरा श्रृंखला जेभीलाई निर्माणका लागि ठेक्का दिइएको थियो । तथापि ठेक्का दिइएको समयमा तयार हुन सकेन । पटक–पटक गरी तीन पटक म्याद थपिएको सूचना अधिकारी कमला कार्कीले जानाकारी दिइन् ।
नगर प्रमुखको कार्यकक्षबाट बाहिरपट्टिको प्याराफिट वालमा डिफेक्ट लियाबिलिटी पिरेड अगावै पूरै चर्किएको छ । सूचना अधिकारी कमला कार्कीले त्यहाँको ढोका अग्राखको भनी जानकारी दिए पनि फुटेर बिजोग अवस्थामा छ । एक कर्मचारीले बताए अनुसार उक्त ढोका गौरा श्रृंखला जेभीले चिलाउनेको काठ प्रयोग गरी बनाएको कारण त्यो अवस्थामा आएको बताए ।

नगरपालिकाको पूर्वाधार शाखा प्रमुखमा बझाङतिर जन्म भएकी पूजाकुमारी सिंह शाही छन् । उनले बझाङ घर भएका लक्ष्मी जोशीलाई ठेक्का दिलाएर राम्रो कमिसन हात पार्दै आएको बताइन्छ । अहिले जोशीले बूढानीलकण्ठ नगरपालिका वडा नम्बर ६ मा विशाल महल बनाएका छन् । उनी टोखा नगरपालिका ४ नम्बर वडाको एमाले पार्टीका सचिव पनि हुन् ।
इन्जिनियर पूजाकुमारी सिंह शाहीले टोखा ४ र ५ नम्बरको सबै काम उसैलाई दिन लगाउँछिन् । अहिले उनले पाएको ४ नम्बर वडाको जनकल्याण चोकदेखि कृष्ण मन्दिरसम्मको सडक बिस्तारको काम शुरू गरेर अलपत्र पारेका छन् । ४ नम्बर वडाको अध्यक्ष धर्म श्रेष्ठ एमालेबाट दोस्रो पटक निर्वाचित भएका हुन् । जोशीले पाएको ठेक्काको उनी पार्टनर नै हुन् । उनले यो रकम भागशान्तिमा नगरप्रमुख प्रकाश अधिकारीसम्म पु¥याएका एक कर्मचारीले आरोप लगाए । त्यसैले उनी जस्तो काम गरे पनि सुरक्षित र निर्धक्क छन् ।
यो अनियमिततामा हालसम्म अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आँखा पुगेको छैन । दोस्रो पटक नगरप्रमुखमा निर्वाचित अधिकारीले ठूला महल बनाउँदा पाइने कमिसनको चास्नीमा नराम्ररी डुबेको स्थानीयको दाबी छ । नगरप्रमुखमा निर्वाचित भएपछि दुई पटक भन्दा बढी अवधि चुनाव लड्न नपाइने व्यवस्था छ । त्यसैले पनि अधिकारीलाई कमाउनमै ध्यान गएको स्रोत बताउँछ ।
सानादेखि ठूला ठूला ठेक्काहरु, कोटेशनका कामहरु पनि आफ्नै गाउँका लक्ष्मी जोशीलाई दिन दबाब र प्रभाव पार्नुहुन्छ भन्ने समाचार आएको छ नि भन्ने विषयमा प्रतिक्रियास्वरुप मोबाइलमा सम्पर्क गर्दा पूर्वाधार शाखा प्रमुख पूजा सिंहले भनिन्–‘लक्ष्मीलाई काम दिनू भनेर मैले कहीँ कतै पनि भनेकी छैन । मैले कसम नै खाएर भन्न सक्छु ।’
भोलाप्रसाद रोका पृष्ठभूमिः साँझ पर्नासाथ सहरका सडकहरू उज्यालो हुन्छन् । पसलका साइनबोर्ड चम्किन्छन्, गाडीका बत्तीहरू दौडिन्छन्, अग्ला भवनका झ्यालहरूमा जीवनका अनेक दृश्य देखिन्छन् । तर यही...
बीरगञ्ज । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढीका हुण्डी कारोबारीलाई संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा नचलाएको बिषयमा विवादमा परेपछि जिल्ला सरकारी वकिल कार्यालय...
बीरगञ्ज । मुलुकको अर्थतन्त्रलाई खोक्रो पार्ने आर्थिक अपराधका रुपमा अबैध हुन्डी कारोबारलाई लिने गरिएको छ । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढी अवैध हुन्डी कारोबारसँग...
कलैया । बाराको फेटा गाउँपालिका–३, फेटाका चार युवाले नेपाल प्रहरीको प्रहरी सहायक निरीक्षक (असई) पदमा सफलता हासिल गरेपछि गाउँमा खुसी छाएको छ । एउटै वडाका चार...
काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा मुद्दा सेटिङमा मात्र होइन, सहरी विकास तथा भवन बिभागले निर्माण गर्नुपर्ने सर्वोच्च अदालतको भवनको ठेक्का सेटिङको बिषयमा पनि छानबिनमा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend