काठमाडौं । टोखा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर बागचन(बीसी)ले मापदण्डबिपरीत निर्माण भएको रोशन भन्ने गुप्तलाल भूसालको बसुन्धरास्थित सिटी स्क्वायर मलको नक्सापास गरेका छन् ।
मापदण्डबिपरीत निर्माण भएको उक्त मलको नक्सापास लामो समयदेखि हुनसकेको थिएन । प्रमुख प्रशासकीय अधिकृत बीसीले सरुवा हुने निश्चित भइसकेपछि भूसालसँग ठूलै रकम डिल गरी उक्त नक्सापासमा हस्ताक्षर गरेको स्रोत बताउँछ । उपसचिव बागचनको एक साताअघि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सरुवा भएको छ ।
सरुवा भइसकेपछि रमाना लिएर जानुअघि उनले सिटी स्क्वायरको नक्सापास गरेका थिए । प्रमुख प्रशासकीय अधिकृत बागचनले टोखा नगरपालिकासँगैको एक रेष्टुरेन्टमा एक बिचौलिया मार्फत् डिल गरी लेनदेन गरेर सिटी स्क्वायरको नक्सापास गरेको स्रोत बताउँछ । स्रोतका अनुसार २५ लाखको लेनदेनमा सिटी स्क्वायरको नक्सापास सदर भएको हो ।
प्रमुख प्रशासकीय अधिकृत बागचनको घर डडेल्धुरा हो । उनी कांग्रेस सभापति शेरबहादुर देउवाका स्वकीय सचिव भानु देउवामार्फत् भनसुन गराई टोखा नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा सरुवा भएका थिए । भानु देउवाको आडमा टोखा नगरपालिकामा सरुवा भएका उनले नक्सापास र योजनामा फाइलैपिच्छे दररेट तोकेर घुस असुली गर्दैआएका थिए । जसका कारण सेवाग्राही हैरान थिए । सिटी स्क्वायरको नक्सापास नगरपालिकाका छैटौं तहका इन्जीनीयर बिजेन्द्र श्रेष्ठलाई समेत पत्तो नदिई सरुवा भइसकेपछि बागचनले गरेका थिए ।
सिटी स्क्वायरमा ३३ सुन तस्करीमा मुछिएका भूसालको लगानी
सिटी स्क्वायर मल २०७३ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बरामद भएको ३३ किलो तस्करीको सुनका मालिक रोशन भन्ने गुप्तलाल भूसालको हो । उनले नगरपालिकाको मापदण्डबिपरीत ब्यापारीक कम्प्लेक्स बनाएर पैसाकै बलमा नक्सापास गर्ने प्रयास गर्दैआएका थिए ।
०७३ पुसमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिएको ३३ किलो अवैध सुन नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) ले बरामद गरेको थियो । उक्त सुन दुवईबाट नेपालमा पठाउने मुख्य नाइके रोशन भूसाल भनिने गुप्तलाल भूसाल, हरिशरण खड्का र कृष्ण अग्रवालहरुको भएको खुल्यो । भूसाल, खड्का र अग्रवाल दुवईमा बसी नेपालमा सुन तस्करी गर्दैआएको पुष्टि भएपछि सीआइबीले उनीहरुको खोजी गर्यो तर सुनसहित भरिया गोपालबहादुर शाहीहरु पक्राउ परेपछि भुसाल, खड्का र अग्रवाल दुवई फरार भएका थिए ।
प्रहरीले पक्राउ गर्न नसकेपछि उनीहरुका बिरुद्ध रेडकर्नर नोटिस जारी गरेको थियो । यी तीनजनामध्ये भूसालले तत्कालीन प्रहरी महानिरीक्षक प्रकाश अर्यालसँग सेटिङ गरी थुनामा नबस्नेगरी अदालतमा हाजिर भए । जिल्ला अदालत काठमाडौं हुँदै सर्वोच्च अदालतमा तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाका भाइ प्रभुशमशेर राणासँग सेटिङ मिलाई नेपालमा एक दिन पनि थुनामा नबसी उन्मुक्ति पाएका थिए ।
रेडकर्नर नोटिसका आधारमा हरिशरण खड्कालाई यूएई प्रहरीले २०७५ माघमा पक्राउ गरेको थियो । यूएईमा पक्राउ परेका उनी केही समयपछि छुटेका थिए । दुबईको जेलबाट छुटेका खड्कालाई नेपाल आउने क्रममा नेपाल प्रहरीको बिशेष टोलीले २०७७ असार २७ मा त्रिभुवन विमानस्थलबाट पक्राउ गरेको थियो । उनी पनि दुवईबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लनासाथ पक्राउ परेका थिए । खड्का र अग्रवाल पक्राउ परे पनि भूसाल पक्राउ नै नपरी प्रधानन्यायाधीश राणाका भाइ प्रभुसँग सेटिङ गरी जोगिन सफल भएका थिए । ३३ किलो सुन तस्करीमा संलग्न भए पनि तत्कालीन प्रधानन्यायाधीश राणासँग सेटिङ मिलाएर उनी छुटेका थिए ।
प्रहरीले भूसाल र खड्काका बिरुद्ध रेडकर्नर नोटिस जारी गर्दा पनि उनी भने पटक पटक दुबई ओहोरदोहोर गरिरहन्थे । अध्यागमन र विमानस्थल प्रहरी समेत सेटिङ गरी भूसाल नेपाल पटक पटक आउने जाने गर्दैआएका थिए । त्यसैक्रममा तत्कालीन आइजीपी प्रकाश अर्यालले उनलाई थुनामै नराखी अदालतमा हाजिर हुने प्रबन्ध मिलाइदिएका थिए । अदालतमा सेटिङ गरी अति कम धरौटीमा रिहा भए र आफूबिरुद्धको रेडकर्नर नोटिस नै हटाउन सफल भए ।
तस्करीमा संलग्न भनेर त्यतिबेला सीआइबीले विमानस्थलका एसपी श्याम खत्री, गोपालबहादुर शाही, दिलबन्धु थापा, सन्तोष काफ्ले, रामहरि कार्की, विमानस्थल भन्सारका तथ्यांक अधिकृत श्रीनारायण यादव, राजकुमार ढकाल, श्यामकृष्ण श्रेष्ठ, राजेश शाक्य, सुनिल श्रेष्ठ, सपन श्रेष्ठ, मनोज श्रेष्ठलाई पक्राउ गरेको थियो । तर दुवईबाट सुन नेपालमा पठाउँदैआएका भूसाल र खत्रीलाई भने पक्राउ गरेको थिएन । ती मध्ये खड्का पक्राउ परे तर भूसाललाई प्रहरीका उच्च अधिकारीले नै जोगाउने काम गरेका थिए । जेलमा रहेका हरिशरण खड्काले भने भूसालले आफूलाई फसाएको गुनासो भेट्न जानेहरुलाई गर्ने गरेको स्रोत बताउँछ ।
भूसाल र हरिशरण खड्का नै ३३ किलो सुन तस्करी प्रकरणका प्रमुख नाइके भएको भन्दै सिआइबीले मुद्दा दायर गरेको थियो । तर त्यही सिआइबीले मुख्य अभियुक्त भूसाल पक्राउको घटना गोप्य राखी अदालतबाट छुट्ने वातावरण बनाउन समेत सहज गरिदिएको थियो । प्रहरीकै सहयोगका कारण भुसाल २० लाख रुपैयाँ धरौटीमा छुटेका थिए । उनी पक्राउ परेको घटनालाई गोप्य राखी अदालतमा पेश गरिएको थियो । अदालतमा पनि सेटिङ गरी उनी छुटेका थिए ।
सुन बरामद गर्दाताकाका सीआइबीका डीआइजी नवराज सिलवाल अवकाशपछि सीआइबीसँग सेटिङ गरी भूसालले उन्मुक्ति पाउँदै गएका थिए । खड्का पक्राउ परे, अग्रवाल पनि नेपालमा आउन सकेका थिएनन् तर भूसालले काठमाडौंमा बसी जग्गाको कारोबार गर्न छुट पाए । भूसालले सुनतस्करीबाट अरबौंको सम्पत्ति जोड्न सफल भएका छन् । उनका दुवईमा क्लबदेखि ज्वेलरी सप र नेपालमा थुप्रै ठाउँमा घरजग्गा छन् ।
भूसालले सुनतस्करीको रकमबाट काठमाडौंको सामाखुसीस्थित टोखा रोडमा भब्य सिटी स्वायर सपिङ कप्म्लेक्स निर्माण थिए । साविक गोंगबु गाविस ५ ‘क’ कित्ता नम्बर २४९ को ३ रोपनी ८ आना ३ पैसा जग्गामा सिटी स्क्वायर निर्माण भएको छ । गेम्जो गुरुङकी श्रीमती ताकडोल्मा गुरुङको नाममा रहेको उक्त जग्गा भूसालले खरिद गरी कम्प्लेक्स निर्माण गरेका हुन् । उक्त जग्गामा कम्प्लेक्स निर्माण गरेको स्रोत के हो ? यो बिषयमा पनि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले छानबिन गर्ने भनेर तत्कालीन महानिर्देशक रुपनारायण भट्टराईले भूसालसँग सेटिङ गरी तामेलीमा हालिदिएको स्रोतको दाबी छ ।
सरुवा भएको १५ दिन भन्दा बढी समयसम्म रमाना नलिएर प्रमुख प्रशासकीय अधिकृत बागचनले इशान बाल तथा महिला अस्पतालको भवनको नक्सापासमा समेत मोटो रकम लेनदेन गरी नक्सापास गरेको नगरपालिका सम्बद्ध स्रोत बताउँछ ।
सेटिङका आधारमा सिटी स्क्वायर मलको नक्सापास गरिदिनुभएको हो भन्ने प्रश्नमा टोखाबाट सरुवा भएका प्रमुख प्रशासकीय अधिकृत बागचनले भने–‘त्यस्तो होइन, अभिलेखीकरण गरेको हो ।’ २५ लाख नै घुस लिएको आरोेप पनि उनले अस्वीकार गुरेका छन् ।
काठमाडौं । सम्पत्ति शुद्धीकरणको कसूरमा थुनामा रहेका सुलभ अग्रवालसँग कारोबार देखिएपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सीआईबी)बिहीबार पक्राउ गरेकी मृदुला सरियालाई बिरामी नै नभए पनि...
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले पछिल्लो समय उद्योगी–ब्यवसायीलाई छानीछानी भेटिरहेका छन् । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवविना...
काठमाडौं । स्वास्थ्य उपकरणका ब्यापारी बिशाल पण्डितले संघदेखि प्रदेशसम्मका सरकारी अस्पतालका खरिद र मर्मतमा सिन्डिकेट नै कायम गरेका छन् । त्यो सिन्डीकेट वालेन्द्र शाह...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को बाचापत्रमा राजनीतिक नियुक्तिमा मेरिटोक्रेसी लागू गर्दै योग्यतमहरुबाट गर्ने उल्लेख छ । तर सरकारले गुठी संस्थानको प्रशासक(सदस्यसचिव)मा विगतका सरकारका पालामा...
काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले नेपाल मेडिकल काउन्सिलको रजिष्टारमा निमित्तमाथि निमित्त तोकेको छ । अध्यादेशबाट पदाधिकारीबिहीन भएको काउन्सिलको अध्यक्षदेखि रजिष्टार नियुक्ति हुन...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend