काठमाडौं । दुई बर्ष ४ महिना टोखा नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतका रुपमा कार्यरत उपसचिव शेरबहादुर बागचन(बीसी)ले अनियमिततामा यसअघिका प्रमुख प्रशासकीय अधिकृतहरुको रेकर्ड ब्रेक गरेर सरुवा भएका छन् । नक्सापास र योजनामा फाइलैपिच्छे दररेट तोकेर घुस माग्ने, नदिएसम्म काम नहुने गरेको टोखा नगरबासीले भोग्दैआएका छन् ।
पंचायतकालमा चर्चित साहित्यकारलाई कथा र कविता लेख्न लगाएर तत्कालीन रानी ऐश्वर्या साहित्यकार भएको चर्चा त खुब हुने गरेको थियो । तर गणतन्त्रका छोटे राजाहरुले पनि त्यही सिको गर्दै आफू शक्तिमा भएको समयमा आफ्नैलाई पुरस्कार र अवसर दिने गरेका छन् ।
टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारीले त्यसै गरेका छन् । दोस्रो टोखा नगरपालिकाको गीत आह्वान गरी मेयर अधिकारीले आफ्नै श्रीमतीले लेखेको गीतलाई प्रथम घोषणा गरी पुरस्कृत गरेका छन् ।
टोखा नगरगानका लागि मेयर प्रकाश अधिकारीकी श्रीमती रेणु अधिकारी ‘मौनता’को गीत प्रथम घोषणा गरी पुरस्कृत गरिएको छ । र, प्रथम भएको नगरगानको ८ लाख रुपैयाँ भुक्तानी दिइएको छ । मेयर अधिकारीले समितिमा आफू अनुकूलका साहित्यकार राखेर उनीहरुलाई आफ्नै श्रीमतीको गीतलाई राष्ट्रगानमा प्रथम घोषणा गरी ८ लाख रुपैयाँ दिएको आरोप छ । आफू मेयर भएको समयमा ‘आफ्नै हात जगन्नाथ’ भन्ने उखान मेयर अधिकारीले चरितार्थ गरेका छन् ।
मेयर प्रकाश अधिकारीले आफूले श्रीमतीको गीतलाई प्रथम नबनाएको प्रतिक्रिया दिए । उनले भने–‘नगर कार्यपालिकाले गरेको हो । समिति बनाएको छ । त्यो समितिले २१ वटा गीतमध्येबाट छनोट गरेको हो ।’
बरिष्ठ साहित्यकारहरुको समिति बनाएर नगरगान छनोट गरिएको दाबी उनले गरे । ‘नगरगानको क्वालिटी हेर्नुस् न ।’ अधिकारीले भने–प्रमुख प्रशासकीय अधिकृतलाई सोध्नुुस् न कसरी बनाएको हो भनेर ।
नगरगान छनोट हुनुअघिका टोखा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर बीसीले भने–‘नगरगान नगरपालिकाले बनाएको हो । प्रक्रिया पुर्याएर आएपछि भुक्तानी दिइएको हो ।’
बिच बिनायक गुठी भवन भत्काउने निर्णय विवादमा
त्यसैगरी टोखा नगरपालिकाका मेयर अधिकारी र प्रमुख प्रशासकीय अधिकृत बीसीले ब्यापारीक कम्प्लेक्सको स्वार्थपूर्तिका लागि श्री बिच बिनायक गणेश मन्दिर गुठीको भवन भत्काउने निर्णय गरेको आरोप छ । बिच बिनायक गुठीको पछाडिपट्टि पाण्डे भवन नामको ब्यापारीक कम्प्लेक्स अवस्थित छ । बिच बिनायक गुठीको भवन र बिच बिनायक गणेश मन्दिर भएको ठाउँमा बाटो साँघुरो छ । बाटो साँघुरो भएकाले यातायात आवागमनमा असहज हुँदैआएको छ । तर, ब्यापारीक स्वार्थ त्यो गुठी भवन भत्काउने कुरासँग बढी जोडिएको स्रोतको भनाइ छ ।

बाटो बिस्तारका लागि भवन भत्काउन बिच बिनायक गुठीलाई ५० लाख रुपैयाँको चेक दिइएको छ । अक्षयकोष स्थापना गर्नेगरी २०८२ असार अन्तिममा उक्त चेक दिइएको थियो । नगरपालिका मेयर र प्रमुख प्रशासकीय अधिकृतले सडक फराकिलो बनाउनका लागि गुठी भवन भत्काउनुपरेको जिकिर गर्दैआएका छन् । तर ब्यापारीक कम्प्लेक्सको स्वार्थ हावी भएपछि नै प्रमुख प्रशासकीय अधिकृत बीसीसहितका टोखा ९ का वडाध्यक्ष घिमिरे र मेयर प्रकाश अधिकारीले भवन भत्काउने निर्णय गरेको आशंका स्थानीयले गरेका छन् ।
ब्यापारीक कम्प्लेक्स गुठीको संरचनाले छेकिएको छ । र, उक्त भवन भत्काउँदा कम्प्लेक्सलाई फाइदा पुग्छ । सडक फराकिलो बनाउने भने पनि ब्यापारीक कम्प्लेक्सको चाहना पूरा गर्नका लागि भवन भत्काउन लागिएको भन्दै कतिपयले भवन भत्काउनु नहुने आवाज उठाउन थालेका छन् । टोखा नगरपालिकाले गुठीलाई दिएको ५० लाखको चेक नै फिर्ता गर्नुपर्ने स्थानीयले तर्क समेत नेवारी समुदायले उठाउन थालेको छ । ब्यापारीक कम्प्लेक्स अगाडि रहेको गुठी भवन भत्काउने निर्णय गर्नमा महत्वपूर्ण भूमिका निर्वाह गरेका प्रमुख प्रशासकीय अधिकृत बीसी सरुवा भइसकेका छन् । ५० लाख चेक गुठीलाई दिने क्रममा भवन तत्काल भत्काउने आश्वासन मेयर अधिकारी र प्रमुख प्रशासकीय अधिकृत बीसीले गरेका थिए । तर चेक दिएको एक महिना बित्न लाग्दा पनि भवन भत्काउन सुरु हुन सकेको छैन ।
बिच बिनायक गुठी भएको ठाउँमा बाटो साँघुरो भएर फराकिलो सडक बनाउनका लागि मेयरदेखि टोखा नगरपालिकाका वडाध्यक्षज्यूहरुले भवन भत्काउने निर्णय भएको तत्कालीन प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर बीसीले बताए । गुठीको अक्षयकोषमा ५० लाख रुपैयाँ दिएर नगरपालिकाले सो स्थानको सडक फराकिलो बनाउने पवित्र उद्देश्यले गरिएको निर्णयमा केही स्वार्थ नभएको उनले बताए ।
श्री बिच बिनायक गणेश मन्दिर काठमाडौं उपत्यकाको एक प्रसिद्ध प्राचीन धार्मिक स्थल हो । यहाँ दैनिक सयौँ भक्तजनको ओहोरदोहोर हुने गर्छ । उक्त गुठी भवनको भुइँतल्लामा पूजा सामग्री राखिन्थ्यो भने माथिल्लो तल्लामा नियमित भजन–कीर्तन सञ्चालन हुने गरेको छ ।
सेटिङमा सिटी स्क्वायर र इशान अस्पतालको नक्सापास
साउन पहिलो साता नै सरुवा भएका बागचनमाथि एक सातासम्म रमाना नलिई यसबीचमा मापदण्डबिपरीत निर्माण भएका सिटी स्क्वायर मल र इशान महिला तथा बाल अस्पतालको नक्सापासमा समेत मोटो रकम लिएर हस्ताक्षर गरेको आरोप छ । र, सुनतस्कर गुप्तलाल भूसाल उर्फ रोशनले मापदण्डबिपरीत निर्माण गरेको सिटी स्क्वायर मलको नक्सापास लामो समयसम्म रोकिएको थियो ।
उक्त नक्सापास प्रमुख प्रशासकीय अधिकृत बीसीले कार्यकालको अन्तिममा गरेका थिए । ५ बर्षदेखि रोकिएको इशान बाल तथा महिला अस्पतालको नक्सा पनि प्रमुख प्रशासकीय अधिकृत बीसीले जाँदाजाँदै पास गरेका छन् । टोखा नगरपालिकाका इन्जीनीयर बिजेन्द्र श्रेष्ठमार्फत् डिल मिलाएर उक्त अस्पतालको भवनको नक्सापास गरिएको छ ।
मापदण्डबिपरीत बनेकाले सिटी स्क्वायर र इशान अस्पतालको नक्सापास यसअघिका प्रमुख प्रशासकीय अधिकृतले गर्न मानेका थिएनन् । तर बीसीले जाँदाजाँदै गरेर गएका छन् ।
सिटी स्क्वायर र इशान अस्पतालको नक्सापास सरुवा भएपछि नगरेको प्रमुख प्रशासकीय अधिकृत बीसीको प्रतिक्रिया छ । उनले भने–सिटी स्क्वायर र इशान अस्पतालको निर्माण सम्पन्न होइन, अभिलेखीकरण मात्र दिएको उनको भनाइ छ । ‘नगरपालिकाका इन्जीनीयरदेखि सबैले फाइल उठाएर अन्तिममा मेरोमा आउने हो, मेयरदेखि सबैैतिरबाट आएपछि मैले सदर गरेको हुँ ।’ बीसीले भने–‘म एक्लैले गरेको होइन ।’
थुप्रै सार्वजनिक जग्गा संरक्षण गरेको र बिहान ७ बजेदेखि राति ८ बजेसम्म काम गर्दा पनि आफूलाई बदनाम गरेको भन्दै बीसीले दुखेसो प्रकट गरेका छन् ।
काठमाडौं । सम्पत्ति शुद्धीकरणको कसूरमा थुनामा रहेका सुलभ अग्रवालसँग कारोबार देखिएपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सीआईबी)बिहीबार पक्राउ गरेकी मृदुला सरियालाई बिरामी नै नभए पनि...
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले पछिल्लो समय उद्योगी–ब्यवसायीलाई छानीछानी भेटिरहेका छन् । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवविना...
काठमाडौं । स्वास्थ्य उपकरणका ब्यापारी बिशाल पण्डितले संघदेखि प्रदेशसम्मका सरकारी अस्पतालका खरिद र मर्मतमा सिन्डिकेट नै कायम गरेका छन् । त्यो सिन्डीकेट वालेन्द्र शाह...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को बाचापत्रमा राजनीतिक नियुक्तिमा मेरिटोक्रेसी लागू गर्दै योग्यतमहरुबाट गर्ने उल्लेख छ । तर सरकारले गुठी संस्थानको प्रशासक(सदस्यसचिव)मा विगतका सरकारका पालामा...
काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले नेपाल मेडिकल काउन्सिलको रजिष्टारमा निमित्तमाथि निमित्त तोकेको छ । अध्यादेशबाट पदाधिकारीबिहीन भएको काउन्सिलको अध्यक्षदेखि रजिष्टार नियुक्ति हुन...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend