काठमाडौं । दुई बर्ष ४ महिना टोखा नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतका रुपमा कार्यरत उपसचिव शेरबहादुर बागचन(बीसी)ले अनियमिततामा यसअघिका प्रमुख प्रशासकीय अधिकृतहरुको रेकर्ड ब्रेक गरेर सरुवा भएका छन् । नक्सापास र योजनामा फाइलैपिच्छे दररेट तोकेर घुस माग्ने, नदिएसम्म काम नहुने गरेको टोखा नगरबासीले भोग्दैआएका छन् ।
पंचायतकालमा चर्चित साहित्यकारलाई कथा र कविता लेख्न लगाएर तत्कालीन रानी ऐश्वर्या साहित्यकार भएको चर्चा त खुब हुने गरेको थियो । तर गणतन्त्रका छोटे राजाहरुले पनि त्यही सिको गर्दै आफू शक्तिमा भएको समयमा आफ्नैलाई पुरस्कार र अवसर दिने गरेका छन् ।
टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारीले त्यसै गरेका छन् । दोस्रो टोखा नगरपालिकाको गीत आह्वान गरी मेयर अधिकारीले आफ्नै श्रीमतीले लेखेको गीतलाई प्रथम घोषणा गरी पुरस्कृत गरेका छन् ।
टोखा नगरगानका लागि मेयर प्रकाश अधिकारीकी श्रीमती रेणु अधिकारी ‘मौनता’को गीत प्रथम घोषणा गरी पुरस्कृत गरिएको छ । र, प्रथम भएको नगरगानको ८ लाख रुपैयाँ भुक्तानी दिइएको छ । मेयर अधिकारीले समितिमा आफू अनुकूलका साहित्यकार राखेर उनीहरुलाई आफ्नै श्रीमतीको गीतलाई राष्ट्रगानमा प्रथम घोषणा गरी ८ लाख रुपैयाँ दिएको आरोप छ । आफू मेयर भएको समयमा ‘आफ्नै हात जगन्नाथ’ भन्ने उखान मेयर अधिकारीले चरितार्थ गरेका छन् ।
मेयर प्रकाश अधिकारीले आफूले श्रीमतीको गीतलाई प्रथम नबनाएको प्रतिक्रिया दिए । उनले भने–‘नगर कार्यपालिकाले गरेको हो । समिति बनाएको छ । त्यो समितिले २१ वटा गीतमध्येबाट छनोट गरेको हो ।’
बरिष्ठ साहित्यकारहरुको समिति बनाएर नगरगान छनोट गरिएको दाबी उनले गरे । ‘नगरगानको क्वालिटी हेर्नुस् न ।’ अधिकारीले भने–प्रमुख प्रशासकीय अधिकृतलाई सोध्नुुस् न कसरी बनाएको हो भनेर ।
नगरगान छनोट हुनुअघिका टोखा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर बीसीले भने–‘नगरगान नगरपालिकाले बनाएको हो । प्रक्रिया पुर्याएर आएपछि भुक्तानी दिइएको हो ।’
बिच बिनायक गुठी भवन भत्काउने निर्णय विवादमा
त्यसैगरी टोखा नगरपालिकाका मेयर अधिकारी र प्रमुख प्रशासकीय अधिकृत बीसीले ब्यापारीक कम्प्लेक्सको स्वार्थपूर्तिका लागि श्री बिच बिनायक गणेश मन्दिर गुठीको भवन भत्काउने निर्णय गरेको आरोप छ । बिच बिनायक गुठीको पछाडिपट्टि पाण्डे भवन नामको ब्यापारीक कम्प्लेक्स अवस्थित छ । बिच बिनायक गुठीको भवन र बिच बिनायक गणेश मन्दिर भएको ठाउँमा बाटो साँघुरो छ । बाटो साँघुरो भएकाले यातायात आवागमनमा असहज हुँदैआएको छ । तर, ब्यापारीक स्वार्थ त्यो गुठी भवन भत्काउने कुरासँग बढी जोडिएको स्रोतको भनाइ छ ।

बाटो बिस्तारका लागि भवन भत्काउन बिच बिनायक गुठीलाई ५० लाख रुपैयाँको चेक दिइएको छ । अक्षयकोष स्थापना गर्नेगरी २०८२ असार अन्तिममा उक्त चेक दिइएको थियो । नगरपालिका मेयर र प्रमुख प्रशासकीय अधिकृतले सडक फराकिलो बनाउनका लागि गुठी भवन भत्काउनुपरेको जिकिर गर्दैआएका छन् । तर ब्यापारीक कम्प्लेक्सको स्वार्थ हावी भएपछि नै प्रमुख प्रशासकीय अधिकृत बीसीसहितका टोखा ९ का वडाध्यक्ष घिमिरे र मेयर प्रकाश अधिकारीले भवन भत्काउने निर्णय गरेको आशंका स्थानीयले गरेका छन् ।
ब्यापारीक कम्प्लेक्स गुठीको संरचनाले छेकिएको छ । र, उक्त भवन भत्काउँदा कम्प्लेक्सलाई फाइदा पुग्छ । सडक फराकिलो बनाउने भने पनि ब्यापारीक कम्प्लेक्सको चाहना पूरा गर्नका लागि भवन भत्काउन लागिएको भन्दै कतिपयले भवन भत्काउनु नहुने आवाज उठाउन थालेका छन् । टोखा नगरपालिकाले गुठीलाई दिएको ५० लाखको चेक नै फिर्ता गर्नुपर्ने स्थानीयले तर्क समेत नेवारी समुदायले उठाउन थालेको छ । ब्यापारीक कम्प्लेक्स अगाडि रहेको गुठी भवन भत्काउने निर्णय गर्नमा महत्वपूर्ण भूमिका निर्वाह गरेका प्रमुख प्रशासकीय अधिकृत बीसी सरुवा भइसकेका छन् । ५० लाख चेक गुठीलाई दिने क्रममा भवन तत्काल भत्काउने आश्वासन मेयर अधिकारी र प्रमुख प्रशासकीय अधिकृत बीसीले गरेका थिए । तर चेक दिएको एक महिना बित्न लाग्दा पनि भवन भत्काउन सुरु हुन सकेको छैन ।
बिच बिनायक गुठी भएको ठाउँमा बाटो साँघुरो भएर फराकिलो सडक बनाउनका लागि मेयरदेखि टोखा नगरपालिकाका वडाध्यक्षज्यूहरुले भवन भत्काउने निर्णय भएको तत्कालीन प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर बीसीले बताए । गुठीको अक्षयकोषमा ५० लाख रुपैयाँ दिएर नगरपालिकाले सो स्थानको सडक फराकिलो बनाउने पवित्र उद्देश्यले गरिएको निर्णयमा केही स्वार्थ नभएको उनले बताए ।
श्री बिच बिनायक गणेश मन्दिर काठमाडौं उपत्यकाको एक प्रसिद्ध प्राचीन धार्मिक स्थल हो । यहाँ दैनिक सयौँ भक्तजनको ओहोरदोहोर हुने गर्छ । उक्त गुठी भवनको भुइँतल्लामा पूजा सामग्री राखिन्थ्यो भने माथिल्लो तल्लामा नियमित भजन–कीर्तन सञ्चालन हुने गरेको छ ।
सेटिङमा सिटी स्क्वायर र इशान अस्पतालको नक्सापास
साउन पहिलो साता नै सरुवा भएका बागचनमाथि एक सातासम्म रमाना नलिई यसबीचमा मापदण्डबिपरीत निर्माण भएका सिटी स्क्वायर मल र इशान महिला तथा बाल अस्पतालको नक्सापासमा समेत मोटो रकम लिएर हस्ताक्षर गरेको आरोप छ । र, सुनतस्कर गुप्तलाल भूसाल उर्फ रोशनले मापदण्डबिपरीत निर्माण गरेको सिटी स्क्वायर मलको नक्सापास लामो समयसम्म रोकिएको थियो ।
उक्त नक्सापास प्रमुख प्रशासकीय अधिकृत बीसीले कार्यकालको अन्तिममा गरेका थिए । ५ बर्षदेखि रोकिएको इशान बाल तथा महिला अस्पतालको नक्सा पनि प्रमुख प्रशासकीय अधिकृत बीसीले जाँदाजाँदै पास गरेका छन् । टोखा नगरपालिकाका इन्जीनीयर बिजेन्द्र श्रेष्ठमार्फत् डिल मिलाएर उक्त अस्पतालको भवनको नक्सापास गरिएको छ ।
मापदण्डबिपरीत बनेकाले सिटी स्क्वायर र इशान अस्पतालको नक्सापास यसअघिका प्रमुख प्रशासकीय अधिकृतले गर्न मानेका थिएनन् । तर बीसीले जाँदाजाँदै गरेर गएका छन् ।
सिटी स्क्वायर र इशान अस्पतालको नक्सापास सरुवा भएपछि नगरेको प्रमुख प्रशासकीय अधिकृत बीसीको प्रतिक्रिया छ । उनले भने–सिटी स्क्वायर र इशान अस्पतालको निर्माण सम्पन्न होइन, अभिलेखीकरण मात्र दिएको उनको भनाइ छ । ‘नगरपालिकाका इन्जीनीयरदेखि सबैले फाइल उठाएर अन्तिममा मेरोमा आउने हो, मेयरदेखि सबैैतिरबाट आएपछि मैले सदर गरेको हुँ ।’ बीसीले भने–‘म एक्लैले गरेको होइन ।’
थुप्रै सार्वजनिक जग्गा संरक्षण गरेको र बिहान ७ बजेदेखि राति ८ बजेसम्म काम गर्दा पनि आफूलाई बदनाम गरेको भन्दै बीसीले दुखेसो प्रकट गरेका छन् ।
भोलाप्रसाद रोका पृष्ठभूमिः साँझ पर्नासाथ सहरका सडकहरू उज्यालो हुन्छन् । पसलका साइनबोर्ड चम्किन्छन्, गाडीका बत्तीहरू दौडिन्छन्, अग्ला भवनका झ्यालहरूमा जीवनका अनेक दृश्य देखिन्छन् । तर यही...
बीरगञ्ज । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढीका हुण्डी कारोबारीलाई संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा नचलाएको बिषयमा विवादमा परेपछि जिल्ला सरकारी वकिल कार्यालय...
बीरगञ्ज । मुलुकको अर्थतन्त्रलाई खोक्रो पार्ने आर्थिक अपराधका रुपमा अबैध हुन्डी कारोबारलाई लिने गरिएको छ । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढी अवैध हुन्डी कारोबारसँग...
कलैया । बाराको फेटा गाउँपालिका–३, फेटाका चार युवाले नेपाल प्रहरीको प्रहरी सहायक निरीक्षक (असई) पदमा सफलता हासिल गरेपछि गाउँमा खुसी छाएको छ । एउटै वडाका चार...
काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा मुद्दा सेटिङमा मात्र होइन, सहरी विकास तथा भवन बिभागले निर्माण गर्नुपर्ने सर्वोच्च अदालतको भवनको ठेक्का सेटिङको बिषयमा पनि छानबिनमा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend