Nepal Face
  • आइतबार, १० साउन २०८३
  • काठमाडौँ महानगरपालिकाले माग्यो करार सेवामा ४४ जना कर्मचारी


    बिहिबार, कार्तिक २० २०८२
    500
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ महानगरपालिकाले करार सेवामा ४४ जना कर्मचारी माग गरेको छ।

    महानगरको प्रशासन विभागले आज सूचना जारी गर्दै बागमती प्रदेश सरकारबाट जारी स्थानीय सेवा (गठन तथा सञ्चालन) ऐन २०७९ र काठमाडौँ महानगरपालिका सेवा करारमा कर्मचारी पदपूर्ति गर्ने सम्बन्धी कार्यविधि, २०७९ बमोजिम आवेदन पेस गर्न आह्वान गरेको छ।

    २३ जना नगर प्रहरी जवान (अग्नी नियन्त्रक), १९ जना हलुका सवारी चालक र दुईजना कार्यालय सहयोगीका लागि आवेदन आह्वान गरिएको हो।

    योग्यता पुगेका नेपाली नागरिकले अबको १५ दिनभित्र आवेदन दिन सक्ने सूचनामा उल्लेख छ ।

    यो सूचनाको विस्तृत विवरण काठमाडौ महानगरपालिकाको वेबसाइटमा हेर्न सकिनेछ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार