Nepal Face
  • आइतबार, १० साउन २०८३
  • जाँचबुझ आयोगले आजदेखि जेनजी आन्दोलनमा खटिएका प्रहरीसँग बयान लिने


    बिहिबार, कार्तिक २० २०८२
    680
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । जेनजी आन्दोलनका क्रममा फिल्डमा खटिएका प्रहरी कर्मचारीहरुको बयान आजदेखि सुरु हुँदैछ ।

    आईजीपी चन्द्रकुवेर खापुङसँग स्पष्टीकरण सोधेको जाँचबुझ आयोगले आजदेखि जेनजी आन्दोलनका क्रममा फिल्डमा खटिएका प्रहरी कर्मचारीसँग बयान लिने तयारी गरेको हो ।

    आयोगका प्रवक्ता तथा पूर्वप्रहरी एआईजी विज्ञानराज शर्माका प्रहरीले बुधवार पठाएको आन्दोलनमा खटिएका कर्मचारीको विवरण अनुसार सम्बद्ध प्रहरी कर्मचारीको मात्र बयान लिइने छ ।

    प्रहरीबाट प्राप्त विवरणमा उल्लेखित कर्मचारीमध्ये कसलाई, कहिले बयानमा बोलाउने भन्नेबारे निक्र्यौल गरेर उक्त कार्य थालनी हुने उनले बताए । जाँचबुझका क्रममा बयान लिनुपर्ने अवस्थाका प्रहरीलाई मात्रै बोलाइने उनको भनाई छ ।

    आयोगले घटनाबारे जाँचबुझ गर्न कुनै पनि बेला उपस्थितिका लागि बोलाउनुपर्ने हुनसक्ने भन्दै पत्राचार गरेपछि प्रहरी मुख्यालयले आन्दोलनका बेला फिल्डमा खटिएका प्रहरी इञ्चार्जहरूलाई उपत्यका नछाड्न निर्देशन दिइसकेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार