Nepal Face
  • आइतबार, १० साउन २०८३
  • राष्ट्रपति पौडेल आज स्वदेश फर्कँदै


    बिहिबार, कार्तिक २० २०८२
    465
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल कतारको राजधानी दोहामा आयोजित ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’ मा सहभागी भएर आज अपराह्न स्वदेश फर्कँदै छन् ।

    राष्ट्रपति पौडेलले उक्त सम्मेलनको मुख्य सत्रलाई गत मंगलवार सम्बोधन गरेका थिए ।

    सम्मेलनका क्रममा आयोजित सामाजिक विकासका तीन स्तम्भको सुदृढीकरण-गरिबी निवारण, पूर्ण र उत्पादनशील रोजगारी एवं सबैका लागि मर्यादित काम र सामाजिक समावेशीकरण विषयक उच्चस्तरीय गोलमेच सम्मेलनलाई पनि सम्बोधन गरेको थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार