Nepal Face
  • मंगलबार, ३० भाद्र २०८३
  • रिक्त ११ मुलुकमा तत्काल नयाँ राजदूत नपठाइने


    मंगलबार, कार्तिक ११ २०८२
    550
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । सरकारले ११ जना राजदूतलाई फिर्ता बोलाए पनि रिक्त पदमा तत्काल नयाँ नियुक्ति नगर्ने भएको छ ।

    संसद् विघटन र कानुनी जटिलताका कारण नयाँ राजदूत पठाउन ढिलाइ हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

    परराष्ट्र मन्त्रालएका अनुसार रिक्त स्थानमा मन्त्रालयकै कर्मचारीले कार्यवाहक राजदूतको जिम्मेवारी सम्हाल्नेछन् । गृहमन्त्री ओमप्रकाश आर्यालले पनि चुनावको तयारीमा सरकार व्यस्त रहेकाले नयाँ नियुक्ति नहुने बताएका छन् । यसैबीच, राजदूत फिर्ता बोलाउने निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ ।

    अदालतले कात्तिक १४ मा कारण पेस गर्न सरकारलाई आदेश दिएको छ । असोज ३० को मन्त्रिपरिषद् बैठकले अमेरिका, चीन, जापान, इजरायल, स्पेन, जर्मनी, कतार, मलेसिया, रुस, साउदी अरब र बेलायतका राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको थियो । कात्तिक २० सम्म सबै फर्किसक्नुपर्नेछ ।

    परराष्ट्रले अमेरिकाका लागि शरदराज आरण, चीनमा रोशन खनाल, जर्मनीमा सागर फुयाल, जापानमा हरिहरकान्त पौडेल, मलेसियामा मुदिता बज्राचार्य, कतारमा कुमार राई, बेलायतमा विपिन घिमिरे, साउदीमा सिर्जना अधिकारी, स्पेनमा पूरक अधिकारी, इजरायलमा कुमारबहादुर श्रेष्ठ र रुसमा कसम पोखरेललाई कार्यवाहक तोकेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार