Nepal Face
  • आइतबार, १० साउन २०८३
  • एक हजार मतदाता बराबर एउटा मतदान केन्द्र राख्ने तयारी


    मंगलबार, कार्तिक ११ २०८२
    695
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ । आगामी २१ फागुनमा हुने प्रतिनिधि सभा सदस्य चुनावमा एक हजार मतदाता बराबर एक मतदान केन्द्र राखिने भएको छ ।

    निर्वाचन आयोगले एक हजार मतदाता भए एउटा मतदान केन्द्र बनाउने गरी तयारी अगाडि बढाएको हो । विगतमा पनि यस्तै अभ्यास हुँदै आएको छ ।

    एक हजार मतदाता भए एउटा मतदान केन्द्र बनाउने र एउटा मतदान केन्द्रमा मतगणनाका लागि पनि कर्मचारी व्यवस्थापन गर्ने गरी तयारी अगाडि बढेको हो । एउटा मतदान केन्द्रमा कम्तीमा १४ कर्मचारी आवश्यक पर्ने आयोगका अधिकारीहरूले बताएका छन्।

    सरकारले कर्मचारी व्यवस्थापन सहितको लागि निर्वाचन बजेट तयार पारेको छ । आयोगका अनुसार चुनावको लागि साढे सात अर्ब निर्वाचन खर्च लाग्ने अनुमान गरिएको छ ।

    आगामी २१ फागुनका लागि तय भएको चुनावको तयारी अन्तर्गत आयोगले प्रारम्भिक अनुमानसहितको बजेट तयार पारेको हो । तर, तयार बजेट अन्तिम टुंगो लागिसकेको छैन । यसलाई अन्तिम टुंगो लगाएर अर्थ मन्त्रालयमा पठाउने निर्वाचन आयोगको तयारी छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार