Nepal Face
  • आइतबार, १० साउन २०८३
  • रुकुमपूर्वमा पहिलो हिमपात, जनजीवन प्रभावित


    मंगलबार, कार्तिक ११ २०८२
    575
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । लुम्बिनी प्रदेशको हिमाली जिल्ला रुकुमपूर्वकमा यो वर्षको हिउँदको पहिलो हिमपात सुरु भएको छ । सोमबार रातिदेखिको हिमपातले जिल्लाका डाँडाकाँडा सेताम्मे बनेका छन् ।

    पुथा उत्तरगंगा, भूमे र सिस्ने गाउँपालिकाका माथिल्ला बस्तीहरूमा बाक्लो हिउँ जमेको छ । विशेष गरी सिस्ने गाउँपालिका–१, भूमे गाउँपालिका-१ र पुथा क्षेत्रका डाँडाकाँडा हिउँले ढाकिएका छन् ।

    पुथा उत्तरगंगा गाउँपालिका-१० का मैत्या घर्तीमगरका अनुसार, तकसेरा लगायत समुद्री सतहदेखि चार हजार मिटरभन्दा माथि रहेका बस्तीमा हिउँ परेपछि चिसो बढेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार