Nepal Face
  • मंगलबार, ३० भाद्र २०८३
  • महाधिवेशन तयारीका लागि एमालेले बोलायो सचिवालय बैठक


    मंगलबार, कार्तिक ११ २०८२
    645
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ। एघारौँ महाधिवेशनको तयारीमा रहेको नेकपा एमालेको केन्द्रीय सचिवालयको बैठक आगामी १५ गतेका लागि बोलाइएको हो ।

    बैठकले महाधिवेशनसँग सम्बन्धित विभिन्न निर्णय गर्ने पार्टीले जनाएको छ । असोज २९-३१ मा भएको एमालेको केन्द्रीय कमिटी बैठकले एघारौँ महाधिवेशन पोखरामा कार्तिक २७-२९ मा गर्ने निर्णय गरेको छ।

    बैठकले महाधिवेशन प्रतिनिधि छनौट विधि, महाधिवेशन सम्पन्न गर्न विभिन्न उपसमिति गठन, स्थानीय आयोजकसँग समन्वय आदिका बारेमा निर्णय गर्नेछ।

    भदौ २४ गतेको विध्वंसमा च्यासल स्थित केन्द्रीय कार्यालय जलाइएपछि सोही ठाउँमा पाल टाँगेर अस्थायी कार्यालय सुरु गरिएको छ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार