Nepal Face
  • मंगलबार, ३० भाद्र २०८३
  • छठमा शान्ति सुरक्षाको अवस्थाबारे जानकारी लिन गृहमन्त्री अर्याल जनकपुमा


    सोमबार, कार्तिक १० २०८२
    620
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्याल सोमबार जनकपुर गएका छन् । शान्ति सुरक्षाको अवस्था र चुनावका लागि आवश्यक तयारीबारे जानकारी लिन गृहमन्त्री अर्याल मधेश प्रदेशको जनकपुर पुगेका हुन् ।

    जनकपुरमा गृहमन्त्री अर्यालले भोलि मंगलबार जिल्ला सुरक्षा समन्वय समितिको बैठकमा सुरक्षा प्रमुखहरूसँग छलफल गर्ने कार्यक्रम छ । मन्त्री अर्यालसँगै गृहसचिव रामेश्वर दंगाल पनि भ्रमण दलमा छन् ।

    मन्त्री अर्यालले भोलि मंगलबार नै धनुषा जिल्लाभरीका सरकारी कार्यालय प्रमुखहरूसँग पनि छलफल गर्ने कार्यसूची रहेको गृह मन्त्रालय स्रोत जानकारी दियो । छलफल जिल्ला प्रशासन कार्यालय धनुषामा हुनेछ ।

    यस्तै मन्त्री अर्यालसँगै उद्योग र कानुनमन्त्री अनिलकुमार सिन्हा, युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ता पनि जनकपुर गएका छन् ।

    भ्रमणका क्रममा मन्त्री अर्यालसहितको टोलीले सुरक्षा निकायका विभिन्न कार्यालय अवलोकन, सरकारी कार्यालयका प्रमुखहरूसँग अन्तर्क्रिया गर्नेछन् । सोमबार र मंगलबार मधेशमा छठ पर्व समेत परेका उनीहरू छठसम्बन्धी कार्यक्रममा पनि सहभागी हुने बताइएको छ ।

    मन्त्री अर्यालसहितको टोली भोलि मंगलबार बेलुका काठमाडौं फर्किने तालिका छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार