Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ऊर्जामन्त्री कुलमान घिसिङ भारत प्रस्थान


    सोमबार, कार्तिक १० २०८२
    730
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङ सोमबार अन्तर्राष्ट्रिय सौर्य गठबन्धन (आईएसए)को आठौं सभामा भाग लिन भारत प्रस्थान गरेका छन्।

    मन्त्री घिसिङ राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको विमानमार्फत् सोमबार दिउँसो नयाँ दिल्ली प्रस्थान गरेका हुन् ।

    सोमबारदेखि कात्तिक १३ गतेसम्म ९२७–३० अक्टोबर २०२५० हुने उक्त सभामा विश्वका ४० भन्दा बढी देशका ऊर्जामन्त्री र उच्चस्तरीय प्रतिनिधिहरू सहभागी हुनेछन् ।

    नयाँ दिल्लीमा आयोजना हुने सभामा सौर्य ऊर्जाको प्रवर्द्धन, दिगो ऊर्जा आपूर्तिको विस्तार, जलवायु परिवर्तन न्यूनीकरणका पहल, र अन्तर्राष्ट्रिय सहकार्यका सम्भावनासहितका विषयमा उच्चस्तरीय छलफल हुने कार्यक्रम रहेको छ ।

    मन्त्री घिसिङले नेपालका तर्फबाट सभामा सहभागिता जनाउँदै विशेष सम्बोधन गर्नेछन् ।

    नेपालले दिगो ऊर्जा विकासका लागि सौर्य ऊर्जाको उपयोग विस्तार गर्न प्रतिबद्ध रहेको बताउँदै मन्त्री घिसिङले ‘बृहत् स्तरको स्वच्छ ऊर्जा रुपान्तरणका लागि क्षेत्रीय तथा विश्व अन्तरआवद्धताको परिकल्पना’ शीर्षकको सत्रमा मुख्य सम्बोधन गर्ने तयारीमा छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार