Nepal Face
  • आइतबार, १० साउन २०८३
  • अन्डाको भाउ बढ्यो, होलसेल मूल्य प्रतिक्रेट ५ सय


    सोमबार, कार्तिक १० २०८२
    625
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। भाउ बढेसँगै ठूलो अन्डाको मूल्य प्रतिक्रेट ५ सय रुपैयाँ र मध्यम अन्डाको ४ सय ५० रुपैयाँ पुगेको छ ।

    नेपाल लेयर्स कुखुरापालक संघले उत्पादन घटेको र खपत बढेको कारण सोमबारदेखि अन्डाको भाउ बढाएको हो।

    संघ अध्यक्ष विनोद पोखरेलले ठूलो अन्डाको मूल्य प्रतिक्रेट ५ सय र मध्यम अन्डाको ४ सय ५० रुपैयाँ पुगेको बताए।

    उपभोक्ताका लागि अन्डाको खुद्रा मूल्य २२ रुपैयाँ हाराहारीमा रहेको र मूल्यवृद्धिले ५०-७० पैसाको मात्र फरक पार्ने उनले खुलाए।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार